Worldlink Communications

सरक्षीत फेवाजलाधाराक्षेत्र घोसणा

संरक्षित फेवा जलाधार संरक्षित फेवा जलाधार क्षेत्र घोषणा
आवश्यकता र महत्वका विषयमा अन्तरक्रिया कार्यक्रम

विश्वमानचित्रमा नेपालको गण्डकी प्रदेश पोखरामा रहेको फेवताल संसारको सुन्दरतम तालहरु मध्ये १३ औ स्थानमा पर्दछ/ यो तालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका कारण 2072 सालमा रामसार सूचीमा सूचीकृत गरिएको थियो /फेवातालको दिगो संरक्षण एवम् व्यवस्थापनको लागि अवतार एवम् यसको जलाधार क्षेत्रको एकीकृत रूपमा व्यवस्थापन गर्न आवश्यक छ भनेर नेपाल सरकारले यसलाई संरक्षक फेवा जलाधार क्षेत्र घोषणा गरेको छ/

फेवातालको पानीलाई अर्कोको पानीको निकासका बिन्दु मान्दा फेवातालको जलाधारको जम्मा क्षेत्रफल करिब 1 सय 23 किलोमिटर रहेको छ फेवा जलाधार क्षेत्र पोखरामा नगरपालिकाका वडाहरू 3,५ ,६,७ ,८ ,१७ ,१८ ,२३ ,र २४ मा बस्ने करिब १२३८४६ जनसंख्या र अन्नपूर्ण गाउँपालिकाका १ ,२ ,३ ,र ४ न.मा बसोबास गर्ने करिब ९८०० जनसङ्ख्याको बासस्थानको रूपमा रहेको छ/ यसरी हेर्दा फेवा जलाधार क्षेत्रमा बसोबास गर्ने जम्मा जनसंख्या करिव १३३६६४ रहेको छ/

जलाधार क्षयिकरणको प्रमुख सवाल रहेको फेवा जलाधार को करिब 64% उच्च भू-भाग सम्भावित क्षेत्रमा रहेको छ फेवा जलाधार क्षेत्रमा सबभन्दा बढी वर्षा हुने कारण ले गर्दा धेरै पहिरो जाने गर्छ/ यस क्षेत्रमा भूभागको बनोट खुकुलो भएको कारण बर्सेनि हर्पन खोला,अधेरिखोला यसका सायक खोलाहरु बाट बगाएर ल्याउने ढुंगामाटो लगायतका पदार्थहरूको कारणले गर्दा फेवाताल पुरै गएको छ/ संरक्षण सोच बिनाको अव्यवस्थित विकास निर्माणका कार्यहरू बाट बाढी पहिरो प्रकोप बढ्न गई यसको अवस्था विकराल बन्दै जादा फेवातालको आयु दिनानुदिन सङ्कुचित हुँदै गएको स्थिति छ/

फेवातालको संरक्षणका लागि समयसमयमा विभिन्न संस्थाहरूबाट फेवाताल संरक्षण समिति गठन गर्नुपर्छ संरक्षण समिति बनाउनुपर्छ भन्नेहरुको प्रयासहरु हुँदै आएका भएपनि बि स 2031 सालदेखि संरक्षण विभाग बाट फेवा जलाधार क्षेत्रमा फेवा जलाधार आयोजना सामुदायिक विकासका वन जलाधार संरक्षण आयोजना लगायतका विभिन्न संघसंस्थाहरुबाट कार्यहरु सञ्चालन भएर आएको देखिन्छ तर खासै भन्ने हो भने जतिसुकै जस्तोसुकै विषयमा कुरा गरेपनि अहिले संरक्षित र फेवा जलाधार क्षेत्र घोषणा कार्यक्रममा जनताको पनि उत्तिकै सहभागिता होस् भन्नको लागि माथि उल्लेखित पुरै वार्डहरु का सबै पक्षको प्रतिनिधित्व हुने गरी उहाँहरुलाई नै सहभागी बनाई फेवा ताल लाई कसरी सरक्षण गर्न सकिन्छ माथिल्लो तटीय बस्तीलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने कुरालाई ध्यान राख्दै प्रत्येक वार्डवार्ड गरिएको अन्तर्क्रिय कार्यक्रम ले राम्रो भूमिका खेल्नसक्छ भन्नुहुन्छ पूर्व जिल्ला विकास समितिका अध्यक्ष पुण्यप्रसाद पौडेल,जिल्ला समन्वय समितिका अध्यक्ष एवं टेवा जलाधार संरक्षण समितिका अध्यक्ष वयान बहादुर अधिकारी, नेपाल सरकार जलाधारसुरक्षित आयोजनाका प्रमुख राम सिंह थापा माथि उल्लेखित सबै वडा प्रमुखहरुसँग र त्यहाँका गन्ने मान्ने व्यक्तित्वहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रम सफल रुपमा सफल भएको र साँच्चै नै फेवातालको संरक्षणका लागि जनताहरूको अपनत्व पनि बढेको सहभागीहरुबाट प्रशस्त देख्न सकिन्छ आउनुस उहाँ हरुसँग गरिएको कार्यक्रमका केहि झलकहरु/https://youtu.be/mGAx6ZBxar0

प्रतिक्रिया दिनुहोस्: