Worldlink Communications

अन्तर्राष्ट्रिय युवा दिवस र हामी

माओत्सेतुङ भन्नुहुन्छ , ‘वास्तवमा पृथ्वी शेष नागको टाउकोमा अडिएको हैन,पृथ्वी त संसारका नव जवान युवाहरूको काधमा अडिएको छ,युवाहरू बिहानको झूल्के घाम जस्तै हुन् ,जसरी बिहानको उदाउँदो झूल्के घामले दिउँसोको सङ्केत गर्दछ त्यसरी नै आलोचनात्मक चेतलेयुक्त युवाहरूको भूमिकाले कुनैपनि मुलुकको सुदूर भविष्य निर्धारण गर्दछ।’
यसकारण युवाहरूमा कुनै पनि घट्नालाई हेर्ने आलोचनात्मक चेत हुनु पर्दछ,घट्नालाई विश्लेषण गर्न सक्ने द्वन्द्वात्मक भौतिकबादी दृष्टिकोण हुनु पर्दछ। हामी युवाहरुले चेतना र पदार्थको अन्तरसम्बन्ध बुझ्नु जरुरी छ। किनकि ,पदार्थले चेतनाको निर्धारण गर्दछ अर्थात हरेक कुराको बिकासमा पदार्थ वा वस्तु प्रधान हुन्छ,चेतना दोश्रो हुन्छ या चेतनाको जननी वस्तु हो । पदार्थ मुख्य र चेतना दोश्रो हुने कुरा आत्मसात गर्न नसक्दा हामी युवाहरूले समाजप्रतिको हाम्रो जिम्मेवारी र दायित्वलाई उचित ढङ्गले महसुस गर्न सक्दैनौं र मुलुक भयङ्कर दुर्घटनामा पर्न सक्छ,हामी किम्कर्तव्यबिमूढ हुन पुग्छौं । कुनैपनि मुलुकमा ब्यवस्था मात्र हैन,ब्यवस्था भित्रको प्रणाली नै परिवर्तन युवाहरूको भूमिकामा भर पर्दछ।
तसर्थ युवाहरु आलोचनात्मक चेतले युक्त परिवर्तनका सम्बाहक हुन् ,सामाजिक जागरण ,सचेतना र मुलुकको परिवर्तनका सच्चा हिमायतीहरु हुन् । युवा वर्ग सामाजिक परिवर्तनको आधार स्तम्भ हुन् ,युवा वर्ग राष्ट्रियता,जनजीवीका र सामाजिक परिवर्तनको आन्दोलनको सच्चा पहरेदार हुन् ,हरेकखाले सामाजिक बिकृति(बिसङ्गति र बिभेदहरुको अन्त्यमा युवा समुदाय नै अगुवा दस्ता हो। हाम्रो देशको उदय ,सभ्यताको बिकास,राजनीतिक परिवर्तन,यसको आर्थिक ,सामाजिक रुपान्तरणमा युवावर्गको त्याग,बलिदान र समर्पण सङ्गसङ्गै जोडिएको छ।
बीसौं शताब्दीको मध्यतिर बिश्व परिवेशमा राजनीतिक प्रकृतिका ठूल्ठूला परिवर्तन भए,नेपालमा भने कोतको हत्याकाण्ड पछि बि।स।१९०३ आश्विन०२ गते जङ्गबहादुर कुवरले एकतन्त्रीय ,जहानिया,निरङ्कुश,फासिष्ट तानाशाही ब्यवस्था स्थापना गरेपछि नेपाली जनता र युवाहरूलाई राजनीतिक गतिविधि गर्न असीमित अधिकारको प्रयोग गरेका हिटलर र मुसोलिनी जस्ता अधिनायकबादी राणाहरुको अगाडि कुनै छुट थिएन ,१९९३ सालमा मात्र नेपाली युवाहरु गङ्गालाल,दशरथ चन्द,शुक्रराज र धर्मभक्त माथेमाले धर्मभक्तकी फूपू योगकुमारीको घरमा राणाशासन अन्त्यको बिगुल फुक्न,त्यो क्रूर शासन ब्यवस्थाको समूल अन्त्य गर्न प्रजा परिषदको स्थापना गरेका थिए ,यद्यपि १८ बर्षका गङ्गालाल लगायतलाई १९९७ सालको माघमा झुण्ड्याएर,गोली ठोकी फाँसी दिएर मारियो। युवा समुदायमा यस्तो खाले आलोचनात्मक चेत हुनु पर्दछ र यो खासगरी राजनीतिक दलमार्फत मात्र सम्भव थियो ,छ र हुनेछ ।
सन् १९४७ मा भारतमा नेपाली युवाहरु समेतको मद्दतमा क्रान्ति सफल भै अङ्ग्रेज साम्राज्यको अन्त्य र त्यतिबेलै १९४९ सन् मा कम्युनिस्ट पार्टीले सशक्त आन्दोलनका माध्यमबाट गणतन्त्र चीनको स्थापना गरिसकेपछि भारतमा रहेका नेपाली युवाहरुमा कम्युनिस्ट बिचारले युक्त साम्यबादी भावनाले ठूलो हलचल र गहिरो प्रभाव पार्‍यो। बि।स।२००३ साल माघ १२ गते राणाशासन अन्त्यकै लागि नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भयो,त्यसमा पुष्पलाल लगायत धेरै क्रान्तिकारी युवाहरु पनि हुनुहुन्थ्यो । बि।स। २००३ चैत ३१ गते नेपालका विभिन्न स्थानमा सत्याग्रह आन्दोलन शुरु भयो।त्यस आन्दोलनको सबैभन्दा बढी प्रभाव काठमाडौमा पर्‍यो,काठमाडौमा पुष्पलाल ,पाटन क्षेत्रमा नरबहादुर कर्माचार्य र उपत्यका बाहिर बीरगन्जका निरन्जन गोबिन्द बैद्दले नेतृत्व गर्नुभो। आन्दोलनको प्रभाव क्रमिक रुपले स्थानीय तहका मजदुर र किसान वर्गमा पर्दै गयो। त्यस्तो अवस्थामा राणाशासन बिरोधी आन्दोलनको घोषणा गर्ने नेपाली राष्ट्रिय काङ्ग्रेसको हातबाट नेतृत्व शोषितपीडित वर्गमा जान सक्ने अवस्था देखिएपछि आन्दोलनलाई तत्कालका लागि नेपाली राष्ट्रिय काङ्ग्रेसले कार्यकारिणी समितिबाट निर्णय गर्दै आन्दोलन स्थगित गर्‍यो। त्यो निर्णयले राणाशासन बिरोधी आन्दोलनमा लागेका युवाहरुको उत्साहलाई एक्कासि कम्जोर तुल्यायो।
राणाशासन विरुद्धको आन्दोलनले क्रमशः गति लिदै गएको अवस्थामा बीचैमा आन्दोलन रोक्ने कदमलाई पुष्पलाल लगायत आन्दोलनमा सहभागी युवा नेताहरूले जायज मानेनन्। फलतः त्यसपछि राणाशासन बिरोधी गतिविधिमा लागेकाहरु निरन्तररुपले नेपाली राष्ट्रिय काङ्ग्रेसमा सङ्गठित भैरहनु उपयुक्त ठानेनन् । त्यसपछि केही नेपाली युवाहरुमा राजनीतिक ध्रुवीकरणको अवस्था बिकसित हुँदै गयो।यद्यपि त्यतिबेलासम्म नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भैसकेन तर भारतीय कम्युनिस्ट पार्टीले लिएको नीतिको प्रभाव नेपालका केही युवाहरूमा पर्‍यो। २००४ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको सम्मेलनले जेलमा रहेका बिपी र टङ्कप्रसादलाई नेतृत्वबाट हटाई डिल्लीरमण रेग्मीलाई अध्यक्ष र पुष्पलाललाई कार्यालय सचिव नियुक्त गर्‍यो। जुन कुरामा बिपी सहमत भएनन् र आफ्नो नेतृत्व दाबी गरिरहे र नेपाली राष्ट्रिय काङ्ग्रेस फुट्यो।तत्कालीन समयमा राणाशासन बिरोधी आन्दोलनलाई टुङ्गोमा पुर्‍याउने ठूलो बिश्वास र भरोसा गरिएको नेपाली राष्ट्रिय काङ्ग्रेसले अप्रत्याशित रूपमा आन्दोलन फिर्ता लियो। पार्टी नै बिभाजित हुन पुगेका कारण राजनीतिमा सक्रिय हुँदै गएका युवाहरूलाई एकपछि अर्को गर्दै निराश तुल्याउदै गयो।
नेकाको बिभाजन पछि पुष्पलाल डिल्लीरमण रेग्मीले नेतृत्व गरेको काङ्ग्रेसमा रहेर काम गर्नुभएको थियो,किन किनकि ,डिल्लीरमण माक्र्सवाद र लेनिनवाद बुझेको नेता हुनुहुन्थ्यो र भारतले त वहाँलाई कम्युनिस्ट नै भन्थ्यो र यी क्रान्तिकारीहरुले यसकारण दिल्ली सम्झौतामा कुनै भूमिका मन पराउने कुरा भएन र कोइरालावाला काङ्ग्रेसले धोका दिएको महसुस गरे।
समयको अन्तरालमा पुष्पलालहरु डिल्लीरमणको नीतिसङ्ग क्रमशः सन्तुष्ट हुन सकेनन् र डिल्लीरमण रेग्मीलाई चिट्ठी नै लेखेर काङ्ग्रेसबाट छुट्टी लिए,बिकल्पको खोजी गर्न थाले,त्यो भन्दा पहिल्यै गोपालप्रसाद रिमाल,बिजयबहादुर मल्लको बीचमा कुरा हुँदा रुसको नाम सुनेका थिए युवा पुष्पलालले,त्यहीबेला विश्व प्रसिद्द समाजबादी साहित्य म्याक्सिम गोर्कीको ञआमा झउनले पढिसकेका थिए।
बि।स।२००५ साल मङ्सिरमा कलकत्ताको वाशिङ्गटन पार्कमा भारतीय कम्युनिस्ट पार्टीले आयोजना गरेको आमसभामा भाग लिन पुगेका नेपाली राष्ट्रिय काङ्ग्रेसका कार्यालय सचिव पुष्पलालको भेट भारतीय कम्युनिस्ट पार्टीमा राम्रो प्रभाव पार्न सफल दार्जिलिङका गणेशलाल सुब्बा र रत्नलाल ब्राह्मणसङ्ग भो र ठूलै प्रभावित भै कम्युनिस्ट पार्टी निर्माणमा क्रियाशील हुन पुगे पुष्पलाल ।त्यस्तै काङ्ग्रेस मै रहदादेखिनै माक्र्सवादी पुस्तक पढ्न थालेका र भारतीय कम्युनिस्ट पार्टीका नेताहरू अयोध्यासिह,माइला बाजे,नेपेन्द्र चक्रवर्ती आदिको सम्पर्कले भारत प्रवासमा रहेका अन्य नेपाली युवासित मिली माक्र्सवादी अध्ययन मण्डलको स्थापना गरे,कम्युनिस्ट घोषणा पत्रको नेपालीमा अनुवाद गरे।
अनि चार जना नेपाली युवाहरू पुष्पलाल ,निरन्जन गोबिन्द बैद्द,नारायणबिलास जोसी र नरबहादुर कर्माचार्य जम्मा भै बि।स।२००६/०१/१० गते गोप्य ढ्ङ्गले नेकपा को स्थापना गरे,त्यही दिन काठमाडौबाट कलकत्ता पुगेकी मोतीदेबी९दुर्गादेबी० लाई समेत संस्थापकको रूपमा नेकपा मा समेटे।
तर,राणाशासन बिरोधी आन्दोलनमा कम्युनिस्टहरुलाई संयुक्त रूपमा जान सुझाए मनमोहनले, बिपीलाई धेरै अनुरोध गरे,बिपी मानेनन् ,सामूहिक संघर्षको कुरा गर्दा बिपीले आन्दोलनलाई भारतले सहयोग र समर्थन गरेको,कम्युनिस्टहरुलाई अगाडि लिएर बढ्दा समस्या पर्छ,बरु यस दौरानमा मैले तिमीहरूलाई थुन्नुपर्ने हुन्छ। पुष्पलालले भनेको त झनै मान्ने कुरै भएन,किनकि ,पुष्पलाल त्यही काङ्ग्रेसको कार्यालय सचिवबाट बिद्रोह गरेका थिए,मनमोहन चाहिँ पहिल्यै भारतीय कम्युनिस्ट पार्टीको सदस्य थिए,नेकपा भन्दा जेठा कम्युनिस्ट पार्टीका सदस्य थिए ,मनमोहन ।
यो अभिव्यक्तिको अर्थ होनहार क्रान्तिकारी युवाहरुको ठूलो समूह जुन पहिले पनि काङ्ग्रेसमा रहदा डिल्लीरमण रेग्मीको नगिच थियो,डिल्लीरमणलाई भारत सरकारले पनि कम्युनिस्ट सोच्थ्यो,नेपालका शाह राजाहरुले पनि त्यस्तै नकारात्मक सोच्थे र कोइराला परिवारको नेतृत्वमा रहेको काङ्ग्रेससित गला जोडिएको ठान्थे अनि कम्युनिस्ट पार्टीसित ज्यादै अनुदार कोइराला काङ्ग्रेस ,अलि बढी पुरानो पार्टी समेत। अनि किन मान्थे त राणा विरुद्ध संयुक्त आन्दोलनको कुरारु यसकै कारण नेपाली काङ्ग्रेसले नेपाली जनसमुदायलाई ठूलो धोकाधडी गरेकै उपज दिल्ली सम्झौताको ३ नम्बर बुदाको अब उप्रान्त मुलुक गणतन्त्रात्मक हुनेछ र ५ नम्बर बुदाको जनताद्वारा बिधान सभामा निर्बाचित प्रतिनिधिहरुले संविधान बनाउने छन् भन्ने निर्णय लागू हुन सकेन किन कि,त्रिभुवनले चाहेको राजतन्त्रात्मक प्रणालीको अन्त्य स्वयं कम्युनिस्टहरुलाई हेर्ने अनुदारबादी दृष्टिकोणका कारण भारत समेतको उक्साहटमा काङ्ग्रेसीहरुले मानेनन्,२००८ सालदेखि २०१५ सालसम्म सरकारहरु अदलबदल भैरहे,काङ्ग्रेस अध्यक्ष मातृकाप्रसाद दुई (दुई पटक प्रधानमन्त्री भए ,२०१५ सालमा भएको आमनिर्वाचनमा काङ्ग्रेसले दुई तिहाई बहुमत हासिल गर्‍यो,कम्युनिस्टहरुलाई बाइपास गरी ठेगान लगाउनकै कारण दिल्ली सम्झौता लागू नगरेको काङ्ग्रेसको ऎतिहासिक भूल र अकर्मण्यताका कारण २०१७ साल पौष ०१ गते बिपी कोइरालाको सरकार राजा महेन्द्रले अपदस्त गरे,दलमाथि प्रतिबन्ध लाग्यो ,काङ्ग्रेसका तत्कालीन महामन्त्री तुलसी गिरी लगायतका दर्जनौं नेताहरु दरबार छिर्दा ,पन्चायतसित आत्मसमर्पण गर्दा र काङ्ग्रेसमा भएको कम्युनिस्ट पार्टी बिरोधी चरित्रका कारणले पन्चायत विरुद्धको संयुक्त आन्दोलन ढिलो भो ,त्यही पनि गणेशमान र किसुनजीको बोलवाला भएपछि मात्र २०४६ सालको संयुक्त पन्चायत बिरोधी आन्दोलन सम्भव भयो। जुनसुकै पार्टी वा समूहमा भएता पनि नेपालमा यसरी लोकतान्त्रिक ब्यवस्था स्थापना गर्न ,त्यसको संस्थागत बिकास र जनसमुदायसित जोड्न युवाहरूको शक्तिशाली र निर्णायक भूमिका रहेको पाइन्छ।यसकारण युवाहरु जनताको आन्दोलनका महत्त्वपूर्ण सारथीहरु हुन् ,ब्यवस्था परिवर्तनका जङ्गेपिलरहरु हुन् ,अदम्य साहस ,आट र योजनाका मुहान हुन् । इतिहासको सच्चाइ र घट्नाक्रमहरुले यिनै कुराहरु पुष्टि गरेका छन् । साथै युवाहरूमा आलोचनात्मक चेतको अपरिहार्य निर्माण र जनताको आन्दोलनमा पुष्टि हुने गरेर त्यसको उपयोग आम सच्चाइ देखिन्छ । किनकि ,यही आलोचनात्मक चेतका कारण पुष्पलाल लगायतका दर्जनौं नेताहरूले तत्कालीन बेलामा काङ्ग्रेसबाट परिवर्तन असम्भव देखेर बिद्रोह गरे। मेजर चित्रबहादुर गुरुङ्ग लगायत क्रान्तिका पहिलो फ्रण्टका नेताहरूले २००७ सालको क्रान्ति पछि पनि नेपाली काङ्ग्रेससित बिद्रोह गरेर पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टी मा एकाकार भए।
महामानव बिपी कोईराला ३३ बर्षको उमेरमै नेपाली काङ्ग्रेसको सर्वोच्च नेतृत्वमा पुग्नुभएको थियो भने जननेता मदन ३७ बर्षको उमेरमा तत्कालीन नेकपा मालेको सर्वोच्च नेतृत्वमा पुग्नुभएको थियो। युवाहरू सृजनाका संवाहक मात्र होइनन् ,बिद्रोहका बन्दुक पनि हुन् । तर,राजनीतिक दलहरू भित्र ६० बर्ष उमेर नाघेका बृद्दहरुको बोलवाला र नेतृत्व छ,युवाहरूलाई नेतृत्वको हेर्ने दृष्टिकोण नकारात्मक छ,सधैं आलोकाचो र केटाकेटी सम्झन्छन् ,कामको बितरण गर्न चाहदैनन् ,नेतृत्व विकास र नेतृत्वमा पुस्ता हस्तान्तरण गर्न चाहदैनन् । आफूलाई सबै कुरा ठान्ने राजनीतिक नेतृत्व पुष्पलालका बेला वहाँको उमेर र नेतृत्व ,बिपीको उमेर र नेतृत्व ,मदन भण्डारी वहाँको उमेर र नेतृत्व सबै मर्लक्कै बिर्सेर ।।। गोरुले भकारो ओगटे जस्तै नेतृत्वमा टासिएको टासिऐ गर्छन् । सारा युवा समुदाय र युवा नेतृत्वको बर्खिलाप उभिन्छन्,युवाहरूलाई प्रयोग र उपयोगको साधन बनाउन चाहन्छन्,अविश्वास गर्छन् र दास मनोवृत्ति छ अनि दास बनाउन चाहन्छन्। अब राजनीतिक दलभित्र रहेका ६० उमेर पुगेका र नेतृत्वमा रहेकालाई विश्राम गराउनु पर्दछ,सम्भावना नभए युवा नेतृत्वको बृहत् एकता गरेर उनीहरूलाई बिस्थापित गरी जेष्ठ पार्टी मंच वा सल्लाहकार मण्डल बनाएर राख्नुपर्छ ।
अनि भोलिको नेपाल निर्माणका मेरुदण्डको रूपमा रहेका होनहार युवा समुदायले बिबेक गुमाउन हुन्छ कि हुँदैन रु भावावेग,उत्तेजना ,संवेगमा आएर ,आग्रह, पूर्वाग्रह वा दूराग्रहले लिचिप्प भै तत्थ र तथ्यांकबाट अलगथलग रहनु हुँदैन युवा।यसको जिम्मेवार युवाहरू र सारा जनसमुदायले ख्याल् गर्ने कि नगर्नेरु राष्ट्र जोगाउने जिम्मा हामी युवाहरुको हो कि होइन रु भोलि मुलुक नै नरहे हामी नेपालीहरु को अस्मिता र अस्तित्व के हुन्छरु वाच ड्रगको भूमिका निर्बाह गर्ने युवा वर्गले सोच्ने कि नसोच्नेरुप्राथमिकताका बिषयहरु के(के हुन् वा सङ्गसङ्गै उठान गर्नुपर्ने एजेन्डा के हुन् रुयसतर्फ गम्भीर ख्याल गरौं ।
आज १२ ब्गनगकत,अन्तर्राष्ट्रिय युवा दिवस,सम्पूर्ण युवा मित्रहरुमा हार्दिक शुभकामना ।

(लेखक झपट रानाभाट ने.क.पा.एमाले कास्कीका युवा नेता हुनुहुन्छ । लेखमा उल्लिखित बिषय लेखकका निजी बिचार हुन् । – सम्पादक )

प्रतिक्रिया दिनुहोस्: