Worldlink Communications

सामान्य विषय लाई पनि महत्वपुर्ण ध्यान दिदै वार्ड अध्यक्ष

भाद्र ३०,मङलबार

आज पोखरा महानगर पालिका वार्ड १६ को प्राङ्गणमा एक्कासि नौला बाहिरि जिल्लाका जस्ता देखिने आमा छोरा प्रबेस गर्दै भन्न थाल्नु भयो हामी बिखर्ची भयौ हामिलाइ भाडा उपलब्ध गराइदिनु भय हामी खुसी हुनेथियौ भनेपछि जनप्रतिनिधि सहित वार्डमा कार्यरत कर्मचारी र म आफै पनि अक्कन बक्क परियो  यो कुनै कथा नभै बास्तबिकता थियो ।

पोखरा महानगरपालिका वार्ड न.१६ का वार्डअध्यक्ष भएपछि उहाले थुप्रै काम गरेको र थप रचनात्मक काम गरेको भए पनि आफूले जस पाउन नसकेको गुनासो गरिरहँदा हामी आज वार्ड न.१६ को  कार्यालयमा नै यो गतिविधि देख्दा भने हामि छक्क पर्यौ अपरिचित व्यक्ति थिए तिनीहरू कहाँ का व्यक्ति थिए कसैलाई पनि थाहा थिएन उनीहरु भित्र पस्दा पिसाब फेर्न पसेको तर यहाँ भित्र पसी सकेपछी  हामीहरु त भगवान को घरमा पसेको भन्नु भयो। हामी आमा छोरालाइ दुःख परेर यसरी तपाईहरुका सामु सहयोग को अपेक्षा गर्न तपाईं हरु सामु आइपुगेका छौ भनेपछी उहाहरु लाई बास्तबमा दुख के थियो  कसरी त्यो दुख भोग्न पर्‍यो सत्यतथ्य पतालागाउन को लागि पत्रकारको नाताले वार्ड अध्यक्ष ले परिबर्तन न्युज का प्रबन्धक लाइ इसारा गर्नु भयो सोही बमोजिम सुरु हुन्छ बास्तबिकता ;

प्रबन्धक  म आफैले उनीहरुलाई प्रश्न सोधे तपाईहरुको कहाँबाट आउनु भएको भनी क्यामेरा सहित सोध्न सुरु गर्दा क्यामेरा बाट नखिच्न अनुरोध गरे अनुसार सुरु हुन्छ कहानी: केही समय अघि हराउनु भएको मेरो बुवा बागलुङमा ठेकेदार भै काम गर्नुहुन्छ भनेर थाहा भएपछि हामी हरु बाग्लुङ जाने योजना अनुसार हामी  झापा बाट बाग्लुङ सम्म जसोतसो  गरेर  आइयो बागलुङ आएपछि बुवाको कुनै खबर पत्ता लगाउन सकियन  फोन पनि लाग्दैन स्विच अफ भन्छ बुवाको पत्ता नलागेपछि  खर्च पनि सकियको ले हामीहरु अब यहाँ बस्न गार्हो हुने भएकोले घरमा नै फर्कने निधो ग-र्यो तर  हाम्रो खर्च सकियको हुनाले मन सानो पार्दै बाग्लुङबाट पोखरा जाने बसमा चडेयौ बसमा चढी सकेपछि हामीसँग पैसा त थिएन तैपनि बसको पैसा  उठाउने दाइले हाम्र्रो कुरा सुनेपछि आनाकानी गर्दागर्दै हामीलाई पर्वतको कुस्मा सम्म ल्याइदिनु भयो  त्यहाँबाट फेरि अर्को बसमा  चडेयौ  फेरी त्यहि कुरा  हामी संग  पैसा थिएन यति  गर्दागर्दै  हामी नयाँपुल आइपुग्यौं  । हामीहरु जसरि पानि  पोखरा आउनु नै थियो फेरी बस चढ्यौं भाडा माग्दै गर्दा हामी फेदि  सम्म आइपुग्यौं  अब हामी सम्मो मा आयपछी भने  हामि ले हिड्ने निर्णय ग-र्यौ  पूर्व उत्तर पश्चिम उत्तर पश्चिम दक्षिण हुँदै सेतीको तिरतिरै आउँदै गर्दा हामी यहाँसम्म आइपुग्यौँ हामी यहाँसम्म आउँदा यो वार्ड कार्यलय भन्ने पनि  ख्याल गरिएको रहेनछ हामीलाई पिसाब लागेकोले यहाँ पसेको : उनिहरुको कुरा सुनी सकेपछी हामी लागायत राष्ट्रसेवक कर्मचारीहरुले सोधेका प्रश्न र वास्तविक उत्तर सुनेर बसेका वार्ड अध्यक्ष ले  समस्या  को पाहिचान  गरिहाल्नु भयो र भन्नु भयो अब  उहाँहरु अब झापा जानु चाहनुहुन्छ तर पैसा छैन ।

हेर्दा चट्ट पातलो अनुहार पातलो शरीर भयकी आमाको  साथमा १५/१६  वर्षको छोरा पैसा नभएको कुरा गरिरहँदा सुन्दै गरेका वडा नम्बर १६  का वार्ड अध्यक्ष जीवन प्रसाद आचार्य को मन कति कमलो रहेछ भन्ने कुरा झल्किन्थ्यो जसरी उहाँहरुले भन्नुभयो त्यसैगरी वडाध्यक्षले पनि आफ्नो गोजीबाट केही पैसा झिकेर  दिनुभयो र सबै कर्मचारी साथीहरुलाई कम्तीमा उहाँहरु  झापा पुग्नको लागि करिब तीन हजार ३५ सय लाग्ने भएको कुरा सुनेपछि सबै पुर्याउनु पर्ने कुरा अनुरोध गर्नुभयो कसरी हुन्छ हामीले उहाँहरुलाई घरमा  पु-र्याउनु पर्छ त्यसको ब्यबस्थापन हामीले गर्नु पर्छ किन कि  यो देशमा  कम्युनिस्ट को सरकार छ यो देशमा नेपाली मनहरु छन् अनि नेपाली मनहरु हुँदाहुँदै यसरी आफ्नो श्रीमानबाट श्रीमती र बाबु हरु बाट छोराहरु प्रताडित हुनु पर्ने  बिसय दुखद हो सामान्य भाडा सम्म पनि नभएको अवस्थामा गुज्रिनु पर्ने यो मेरो लागि असह्य भयो भनेपछि सबै सेवारत कर्मचारी वडा नम्बर १६  मा रहनु भएका सबैले थोरै थोरै गरेर गरिब ३५०० सय नै पु-र्याई उहाँहरुलाई झापा सम्म पुग्नको लागि पैसा हस्तान्तरण गर्नुभयो । एउटा वार्ड अध्यक्षको  महत्वपूर्ण भूमिका काहादेखी कहासम्म हुँदोरहेछ  वास्तविक कुराहरुले घर गरिरहँदा  वडा नम्बर १६  ले यस्तो वडा दक्ष पाउनु आफैंमा राम्रो कुरा हो उहाँ जनताको निम्ति अनबरत लागि परेर काम गर्ने असल इमान्दार र वफादार व्यक्ति रुपमा  जीवन प्रसाद आचार्यलाई मुक्त कण्ठले किन प्रससा  नगर्ने !!  अझै दुःख पाएका हरूको मनमनमा पुगेर सबैको दुखमा मलम लगाउन सक्ने बन्नुस् भन्ने  परिवर्तन.कम  को तर्फबाटवडाध्यक्ष लगायत समग्र  रास्ट्र सेबक कर्मचारीलाई शुभकामना ब्यक्त गर्दछ ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: