Worldlink Communications

गण्डकी प्रज्ञाप्रतिष्ठानको पहिलो वार्षिक उत्सवको सन्दर्भमा “गण्डकी प्रज्ञा उत्सव” मनाउन लागिरहेको तयारी पूरा

असार ७ पोखरा

गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो पहिलो बार्षिक उत्सवको सन्दर्भमा ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै हलमा आयोजना गरिने कुरा पत्रकार भेटघाटमा कार्यक्रम गरेर  जानकारी दिनुभयो ।

गण्डकी प्रज्ञाप्रतिष्ठानले स्रष्टाहरूले साधकको सपनाको प्रतिनिधित्व गर्न सक्छ सक्दैन भन्ने चासो र चिन्ताको बिषय लाई मध्यनजर गर्दै यस क्षेत्रको लोपोन्मुख संस्कृति संरक्षण प्रवर्द्धन र पुस्ता हस्तान्तरण लाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको थियो।

हाम्रा प्रेरणा का स्रोत भनेकै विभिन्न साहित्यिक सामाजिक सांस्कृतिक भाषिक संघसंस्था र गतिविधिलाई लिपिबद्ध गरेर सुनिश्चित गराउनु नै पहिलो काम थियो। यिनै विशेष हरुलाई चुनौतीका साथ अगाडि बढिरहेको यो संस्थाले यही असार ९ गतेबाट ११ गते सम्बन्ध तीनदिने कार्यक्रमसहित आफ्नो वार्षिक उत्सव मनाउन गरिरहेको छ।

कार्यक्रमहरु

१. आर्ट साला:-२०७८असार ९ गते बिहीबार समय:११:३० बजे (विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० जना कलाकारहरुद्वारा पर्यटन संस्कृतिक धार्मिक सम्पदाको बारेमा चित्र कोरिने छ)।

२. कविता/गजल/ मुक्तक / लघुकथा वाचन तथा नाटक (धनिराम को गोरु) प्रदर्शन मितिले २०७९असार १०गते शुक्रबार समयको १:३० बजे (यस कार्यको लागि पोखरेली युवा साँस्कृतिक परिवार मुक्त मञ्च कास्की गजल सन्देश कास्की लघुकथा प्रतिष्ठान नेपाल र इन्द्रेणी थिएटर सँग सहकारी गरिएको छ।)

३. विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम मिति:२०७९ असार ११ गते शनिबार समय ११:१५ बजे

*गण्डकी प्रज्ञा संगीत सम्मान -आलोकश्री (गोरखा )

*गण्डकी प्रज्ञा कला सम्मान -यादव चन्द्र भुर्तेल (कास्की)

*गण्डकी प्रज्ञा नृत्य सम्मान -धनकुमारी थापा (म्याग्दी)

*गण्डकी प्रज्ञा साहित्य सम्मान -गोविन्द विनोदि (नवलपुर)

*गण्डकी प्रज्ञा संस्कृति सम्मान- पुष्प रत्न महत्व (नवलपुर)

*१४ जना अनुसन्धानकर्ताहरु लाई प्रसंसा पत्रद्वारा सम्मान

यावत कार्यक्रम सहित विभिन्न संघसंस्थाहरु लाई सम्मान गरिने क्यालेन्डर प्रकाशन गरिने मगर इतिहासको प्रकाशन गरिने प्रदेश गित प्रकाशन गरिने स्रष्टा को बायोगर्फि  प्रकाशन गर्ने विभिन्न लोक उन्मुख भाषा, धर्म ,नाच ,बाजाहरूको अनुसन्धान गर्ने ।वेवसाइट निर्माण गर्ने स्कूलहरूमा कक्षा ३ देखि ५ सम्म सांस्कृतिक पाठ्यक्रम निर्माण गर्ने जानकारी दिइएको थियो ।

-प्रकाश अधिकारी

 

 

 

प्रतिक्रिया दिनुहोस्: