Worldlink Communications

लेखनाथ महोत्सव-२०७९ को तयारी पुरा

पौष ५, पोखरा

“महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने मूल नराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग बणिज्य संघ, गण्डकी प्रदेशको सहआयोजना, पोखरामहानगरपालिका कार्यलय र नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा विभिन्न संघसंस्थाहरूक सहयोग र सहभागितामा यही २०७९ पौष ७ गतेदेखि ८ गतेसम्म हुने १८ औं संस्करण लेखनाथ महोत्सव पोखरा २७ तालचोक डाँडाकोनाकमा आयोजना हुने महोत्सवको तयारी लगभग पूरा भएको आयोजक सस्था लेखनाथ उद्योग वाणिज्य संघले आज पत्रकार भेटमा जानकारी गराउनुभयो ।

सगरमाथा इन्सुरेन्स कम्पनी लि को मुख्य आयोजना र राष्ट्रिय बाणिज्य बैंकको सहप्रायोजन रहेको यस महोत्सवको मुख्य उद्देश्य आर्थिकरूपले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन औधोगिक उत्पादन समानहरूको बजार प्रवर्द्धन गर्न, उद्यमशिलता र प्रविधि हस्तान्तरण गरी राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरु प्रवर्द्धन गर्न, जातीय भेषभुषा कला-संस्कृति रीतिरिवाजको जगेर्ना गर्न, आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने यस महोत्सवको मुख्य उद्देश्य रहेको बताउनु भएको थियो ।

महोत्सवमा औद्योगिकबाट उत्पादन गरिएका हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवम् खाद्यान्न समानहरु, फेन्सी कस्मेटिक तथा श्रृङ्गार समानहरु, विद्युतीय उपकरण फर्निचर सामानहरु, भान्छामा प्रयोग हुने  सरसमानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्री हरु, सूचना प्रविधि तथा संचारको उपकरणहरू, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु फुड फेस्टिवल अटोमोबाइल  प्रदर्शनी वित्तिय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी स्थानीय रुपमा उत्पादित सुन्तला, माछा ,मौरी, कफी र दुग्ध उत्पादनको प्रदर्शनी तरकारी लगायतका जैविक विविधताहरु रहेको बताउनुभयको छ ।

महोत्सवमा यसवर्ष को टिकट विद्यार्थीहरूका लागि ५० रुपैयाँ साधारण व्यक्तिहरूको लागि ८० रुपियाँ कन्सट को टिकट रु १५० रहेको छ भने विगतमा जस्तै यस वर्ष पनि जेष्ठ नागरिक अपाङ्ग र एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण कारका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएको बताइएको छ ।

महोत्सवलाई भव्य र सभ्य बनाइ सफल बनाउनको लागि ८ सदस्यीय निर्देशक समिति, ५१ सदस्यीय उपसमिति संयोजक, १३ सदस्यीय उपसमिति सल्लाहकार, ३७ सदस्यीय महोत्सव सल्लाहकार समिति, १६० सदस्यीय कार्यसम्पादन समिति सदस्य र करिब २१०० मूल समारोह समिति गठन गरिएको सो महोत्सवमा ३३७ वटा स्टल रहेको जानकारी गराइएको थियो।

करिब दुइ लाख पचास हजार दर्शकले मेला अवलोकन गर्ने सो मेला बाट करिब १० करोड बराबरको आर्थिक कारोबार को अपेक्षा गरिएको छ भने महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च भई १० लाख बचत हुने बताइएको थियो। बचत भएको १० लाख  लेखनाथका विभिन्न संघसंस्था,तालतलैयाहरू, पर्यटकीय स्थलहरूको पर्यटन प्रवर्द्धन का निमित्त खर्च गरिने बताइएको छ ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: