Worldlink Communications

सेती दोहनका कारण पोखरा–१९ का पुल र खेती योग्य जमिन जोखिममा, दाहासस्कार गर्न समेत हम्मेहम्मे

पौष २०,पोखरा

सेती नदी दोहनका कारण पोखरा–१९ पुरनचौर र पोखरा–२५ हेमजा जोड्ने मर्दी खोला पुल र पोखरा–१९ र माछापुच्छ्रे गाउँपालिका जोड्ने ढाव पुल धरापमा परेका छन् ।

प्रत्यक वर्ष सेती दोहनका कारण यसको गहिराई पनि तुलनात्मक हिसाबले पहिलेको भन्दा केही मिटर गहिराइ बढेको पोखरा–१९, पुरनचौरका स्थानीबासीहरुले बताएका छन् । यसरी खोला उत्खन्न कार्यले गर्दाले यहाँ वरपर बनेका संरचनाहरु र खेतीयोग्य जमिनहरु भाँसिने गरेको उनीहरुले बताएका छन् । यस खोला उत्खन्न कार्यमा ठूलो गिरोह लागि परेको पनि उनीहरुले बताए ।

एक स्थानीयबासी एंव सामाजिक अगुवा धरेन्द्र नारायण पौडेलले कुनैपनि व्यवस्थापन बिना अबैध रुपमा सेती नदीबाट प्राकृतिक स्रोत उत्खन्न कार्य भईरहेको छ यसले यस क्षेत्रका भौतिक संरचनाहरु निकै जोखिममा भएको बताएका छन् । यस उत्खन्न कार्यबाट यहाँ वरिपरि भएका कृषि योग्य कैयौं रोपनी जग्गा भासिने, जनताको सहजताका लागि बनेका करौडौं मूल्यका पुलमा क्षति पुग्नुका साथै पानीका मुहानहरु समेत सुक्ने जस्ता समस्या उत्पन्न भएको उनले बताए ।

नदी उत्खन्न गर्ने सम्बन्धमा टेण्डर आव्हान गर्नुभन्दा पहिले प्रस्तावको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) अध्ययन सम्बन्धी क्षेत्र निधार्रण गर्ने क्रममा प्रस्तावित क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के–कस्तो प्रभाव पर्दछ भनि यकिन गर्न यहाँका सरोकारवालाहरु र स्थानीयबासीहरुसँग राय सुझाव नलिइएको बताएका छन् । यसरी इआइए अध्ययन नै पुरा नगरी र सार्वजनिक सुनुवाई पनि नगरि नदी दोहनको कार्यमा वडा कार्यालय, महानगरपालिका र यस अबैधानिक कार्यमा संलग्न गिरोह हरु मात्र बसेर स्थानीय बासीहरुलाई गुमराह राखि गरिएको टेण्डर अबैधानिक कार्य हो यस्तो कार्य गरेको प्रति उनले आक्रोश समेत व्यक्त गरेका छन् ।

कानुनी रुपमा हेर्ने हो भने ५ सय मिटर भन्दा खोला वरिपरि उत्खन्न गर्न नपाउने प्रावधान भएको तर त्यस विपरित ठेकेदारहरुले कानुनको धज्जी उडाउँदै ढुङ्गा, गिटि र बालुवा जस्ता प्राकृतिक स्रोतको उत्खन्न गर्ने गैरकानुनी काम गरेको बताएका छन् । यस्ता कानुन विपरित काम गर्नेहरुलाई कारबाही गर्नुको सट्टा उल्टै कारबाही गर्ने निकाय नै यसमा संलग्न भएको समेत बताएका छन् ।

अर्को एक स्थानीय बासीन्दा एवं सामाजिक व्यक्तित्व तारानाथ पौडेले दिएको जानकारी अनुसार महानगरले यसरी अबैध काम गर्न जुन ढङ्गबाट टेण्डर आव्हान गरि कुनै व्यवस्थापन विना लाइसन्स दिने कार्य गरेको छ यो एक्दम दुःखद र गलत कार्य भएको बताएका छन् । यस गलत कार्यको विरुद्ध आफुहरुले वर्षेनि आवाज उठाउँदै आएको र यस अबैधानिक कामको विरुद्ध २ सय २७ जनाले हस्ताक्षर गरी महानगरमा निवेदन दिएतापनि आफुहरुको हस्ताक्षरलाई वेवास्ता गरेर उल्टै महानगरले टेण्डर आव्हान गर्ने कार्य गरेको उनले बताएका छन् ।

यस विषयमा कुराकानी गर्न आफुहरु केही समय अगाडी मात्र महानगरपालिका गएर मेयरका स्वकीय सचिव खेम आर्चायलाई भेटेको र उनीसँग समस्या राख्ने क्रममा यस सम्बन्धमा महानगरको कुनै भूमिका नरहने वडा कार्यालयले जुन–जुन ठाउँमा उत्खन्नको लागि टेण्डर आव्हान गर्न सिफारिस गर्छ त्यही आधारमा महानगरले टेण्डर खुलाउने प्रतिक्रिया हामिलाई बताएका  जानकारी दिएका थिए । यस लगतै आफुहरु वडा कार्यालय गएर वडाध्यक्षलाई भेटि सोधपुच्छ गर्दा अबैधानिक रुपमा खोलाबाट प्राकृतिक स्रोतहरु चोरी निकासी हुनुभन्दा बरु बैधानिक रुपमा टेण्डर खुलायो भने समस्या समाधान हुने बताएको स्थानीयले हामिलाइ बताएका थिए ।

जनताको हितको लागि काम गर्ने जनप्रतिनिधि नै समस्या समाधान गर्नेतर्फ नलागी उल्टै निकम्मा भएर जनभावना विपरित काम गर्छ भने त्यो जस्तो दुःखद कुरा अरु केही नहुने समेत स्थानीय हरुले बताएका छन् ।

उनिहरुले कैयौं पटक यहाँको अवस्थाको बारेमा बुझ्नको लागि भन्दै गुहार मागेको तर महानगरले ७ जना नगरप्रहरी पठाएको र यस ठाउँको स्थितिको बारेमा बुझेर गएपनि समस्या समाधान गर्नुपर्ने ठाउँमा उल्टै टेण्डर खुलाउने कार्य भएको हुदाँ यो त जनतालाई सरासर झुक्याउने काम गरेको भन्दै गुनासो पोखेका छन् ।

त्यस्तैगरि हामिसग डाँडाघरी फाउण्डेशन पुरनचौरका अध्यक्ष हेम पौडेलले पनि यस विषयमा आफुहरु जिल्ला प्रशासन कार्यालय गएर त्यहाँका प्रमुखसँग कुराकानी गरेको बताएका छन् । उनले अहिले यहाँका स्थानीयबासीहरुले सैयंम्ता अप्नाएको तर यदि यस विषयमा सम्बन्धीत निकायहरुबाट तत्काल कुनै सुनुवाई भएन भने आफुहरुले कानुनी बाटो अप्नाउने बताउँदै यस ठाउँमा व्यक्तिगत रुपमा बाटो खुलाउने काम भएको तर अब ती बाटो पनि बन्द गरिदिने बताएका छन् । उनले एउटा पुल निर्माण गर्न कम्तिमा पनि २० करोड लागत लाग्ने र राज्यले नै यसको संरक्षणका लागी चासो दिनुपर्ने ठाउँमा त्यसको ठिक विपरित राज्यले नै यस्ता चोरी निकासी कार्यमा संलग्न व्यक्तिहरुलाई सेती दोहनको लागि लाइसेन्स दिनु गैरजिम्मेवार भएको बताए ।

अहिले देशमा धेरै छोटे राजाहरुको हालिमुहाली हुनाले पनि जनताले दुःख पाउने गरेको बताउँदै भन्ने बेलामा घर–घरमा सिंहदरबार भन्छन तर जनताले यसको कहिले आभाष गर्न समेत नपाएको बताएका छन् । विशेषगरी सेती नदी दोहनका कारण अहिले यस ठाउँहरुमा रहेका पुलहरु निकै जोखिम अवस्थामा रहेका छन् भने यस ठाउँमा रहेका कृषि योग्य जमिनहरु समेत अव्यवस्थित रुपमा खोला उत्खन्नका कारण भासिने क्रम बढेको छ ।

पोखरामहानगर बासीले पिउने पानीका पाइपहरु समेत खोला उत्खन्नका कारण जोखिममा रहेको छ । यदि तत्काल यस उत्खन्न कार्य रोकिएन भने वर्षायाममा उक्त पाइपहरु बाढीले बगाएर लैजान सक्ने सम्भावना धेरै रहेको र पोखराबासीहरु कालाकुल हुने अवस्था समेत सृजना हुने भएको छ  । स्थानीयवासीहरु आफ्नो आफन्तहरुको गुमाएर शव दहन गर्नको लागि सुरक्षित स्थान समेत नभएको अब कहाँ के गर्दा हुने के हनिहो भन्ने दुखद पिडाहरु पोखेका थिए ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: