Worldlink Communications

सामुदायिक प्रहरी सेवा बगर द्वारा खुल्ला रक्तदान कार्यत्रम- ५२पौण्ड ब्लड संकलन  

फागुन ७, पोखरा

सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा पेाखरा १ टुडिखेल बगरको आयेाजनामा ७३औ प्रजातन्त्र दिवसको उपलक्ष्य मा आयोजित सस्था को २० औ खुल्ला रक्तदान कार्यत्रममा ५२ जनाले रक्तदान गर्नु भयो ।

कार्यत्रम सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो। कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी उपरिक्षक खड्क बहादुर खत्रि हुनुहुन्थ्यो । कार्यत्रम लाइ भब्य र सभ्यरुपले सस्थाका सचिब एवम कार्यक्रम संयेाजक शिबराज अधिकारी ले सन्चालन गर्नु भएको थियो।

प्रमुख अतिथि-गण्डकि प्रेदेश प्रहरी कार्यलयका प्रहरी उपरिक्षक खड्क बहादुर खत्रि ले रक्तदान जीवनदान हो यसको महत्व बुझेर हाम्रो शरीर बाट हरेक ३/३ महिनामा खेराजाने ब्लड ले कसैले जिबन पाउछ भने किन नदिने भन्नुभयो । कोही कसैले पनि रक्तको अभावमा जीवन गुमाउन नपरोस भन्नुभयो ।

लागु औषध नियन्त्रण तथा समाज सुधार आमा समुहका अध्यक्ष कल्पना आचार्यले अब हामि सचेत भएर सोोच्नुपर्ने बेला आएको छ आज हामी ले दिएको ब्लड भोलि हाम्रै लागि हो भन्ने सोच राखेर अगाडि बढनुपर्ने बताउनुभयो।

रक्तदाता स्वयसेवि समाज नेपालका अध्यक्ष बिरेन्द्र पराजुलीले आजका दिनसम्म विज्ञानले धेरै विकास गरिसक्यो अनि धेरै आविस्कार पनि गरिसकेको छ तर ब्लड आजका दिनसम्म पनि बनाउन सकेको छैन तसर्थ यो सामान्य कुरा  होईन यस विषयको महत्वलाई बुझेर हरेक ३/३ महिना मा खेरा जाने ब्लड डोनेसन गरेर रक्तदान गरेर जीवन दान दिनु पर्छ भन्नु भयो । आज मैले दान गरेको ब्लड  भोली आफूलाई पनि भोट चाहिन्छ भन्ने सोचेर रक्तदान जीवन दान गर्नु पर्दछ भन्नुभयो । कोही कसैले पनि रक्तको अभावमा जीवन गुमाउन नपरोस भन्नुभयो ।

सामुदायिक सेवा केन्द माटेपानिका अध्यक्ष मिरा आचार्य सस्थाका सस्थापक अध्यक्ष सिता गुरुङ्ग, पाेखरा महानगर पालिका वडा न. १  का वडा सदस्य जुम काजि गुरुङ्ग,सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्किका महासचिब घनस्याम तिमिल्सिना लगायत ले आफ्नो मन्तब्य राख्नुभएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: