Worldlink Communications

मिसन ग्रास रूट: कास्की अन्नपूर्ण गाउपालिका कमिटीद्वारा अग्रज नेताहरू सम्मानित 

फागुन २१, पोखरा

नेकपा एमाले अन्नपूर्ण गाउँ पालिका कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत सहिद दिबसको अबसरमा आज आइतबार कास्किको अन्नपूर्ण गाउँ पालिकामा धेरै अगाडी बाट बसोबास गरि कम्युनिस्ट आन्दोलनमा निरन्तर महत्त्वपूर्ण योगदान पुर्याउनु भएका अग्रजहरूलाइ सम्मान गरेको छ ।

बैठकमा प्रमुख अतिथी तथा ने. क. पा .( एमाले )गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, सचिबालय सदस्य तथा जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेल ,गण्डकी प्रदेश कमिटी सचिबालय सदस्य दिपक पौडेल, प्रदेश कमिटी सदस्य तथा अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष बिष्णु बहादुर के.सि. लगायतले उहाँहरूलाइ सम्मान गर्नुभएको थियो।

सम्मान गर्दै अध्यक्ष शर्माले हण्डर र दु:खले बनाएको पार्टीको इतिहासलाई जिबन्त बनाउदै नयाँ ढंगले पार्टिको सम्पूर्ण तहको नबनिर्माण अभियानको उद्देश्य भएको हुँदा सबै यो अभियानमा लाग्न आग्रह गर्नुभयो।जनता घर घर पुगेर उहाँहरूको सुखदुःखमा सहभागी हुँदै अभियान बिश्वास र भरोसा आर्जन गर्ने केन्द्रबिन्दुको रूपमा लिन आग्रह गर्नु भयो।

सम्मानित हुनेहरूमा अन्नपूर्ण गाउँपालिका वडा न .१ बाट कृष्ण बहादुर कुबर ‘बि’ र राम बहादुर के सि ,वडा न. २ बाट कृष्ण प्रसाद भण्डारी र दिननाथ अधिकारी, वडा न .३ बाट रबिलाल पौडेल ,जिबलाल पौडेल र ललित बहादुर गुरुङ ,वडा न. ४ बाट हिरलाल गुरुङ र शंकर पौडेल ,वडा न. ५ बाट सदाखर पौडेल र चुडामणि शर्मा ,वडा न. ६बाट गोलमान गुरुङ ,भक्तिराम देबकोटा र जित बहादुर बि. क.वडा न .७ बाट श्याम प्रसाद गुरुङ ,नारायण प्रसाद त्रिपाठी र बबर सिङ गुरुङ ,वडा न. ८ बाट बुद्धि बहादुर गुरुङ, भक्तिराम गुरुङ , धर्मदत्त पौडेल र मिठु ढुङ्गाना ,वडा न. ९ बाट जुम बहादुर क्षेत्री र पदम बहादुर क्षेत्री ,वडा न. १० बाट कृष्णमान गुरुङ र प्रेम गुरुङ वडा न. ११ बाट भक्तमान गुरुङ रहनु भएको छ।

उहाँहरूलाइ कदरपत्र दोसल्लाले सम्मान गरिएको थियो।सो कार्यक्रममा प्रदेश कमिटी सदस्य गौरी सुवेदी , सो पालिका पार्टी गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य तथा प्रेस चौतारी नेपालका लेखा आयोग उपाध्यक्ष रामजी प्रसाद लम्साल , कास्की जिल्ला कमिटी सदस्यहरू सुरेन्द्र गुरुङ ,सगुन गुरुङ , भरतमान गुरुङ ,सो पार्टीका अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष बिबेक देबकोटा लगायतले सो अभियान पार्टी निर्माणको महत्वपूर्ण आधार भएको हुँदा अग्रजहरूको सम्मान सहित अभियानमा सकृयताका साथ लाग्नुपर्ने बताउनुभएको थियो।

यसअघि ने क पा( एमाले ) अन्नपूर्ण गाउँपालिका कमिटी कास्कीको पूर्ण बैठकले संगठन सुदृढीकरण राष्ट्रिय अभियान अन्तर्गत पहिलो चरणमा वडास्तरिय बैठक ,भेला प्रशिक्षण ,सदस्यता नवीकरण र बिस्तार , जन संगठनका बैठकहरू सम्पन्न गर्ने, सहित उक्त सम्मान कार्यक्रम गर्ने निर्णय भएको अन्नपूर्ण पालिका कमिटी अध्यक्ष बिबेक देबकोटाले बताउनु भयो।अन्नपूर्णमा फागुन १७ गतेबाट शुरु भएको पहिलो चरणको ग्रास रूट कार्यक्रम २९ गते सम्म जारी रहने तथा दोश्रो चरणको कार्यक्रम त्यसपछि तय हुने पालिका कमिटी सचिब मदन प्रसाद पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: