Worldlink Communications

कुल मण्डल शाहको पालादेखी गर्दै आएको कालिकाको पुजालाइ जगेर्ना गर्दै पोखरा:१६

चैत्र १५,पोखरा

पोखरा १६,बाटुलेचौरमा अवस्थित ऐतिहासिक पृष्ठभुमी बोकेको कुल मण्डल शाहको पालादेखी पुजाआजा तथा कृतन गर्दै  विगत वर्षहरु जस्तै यसबर्ष पनि नियमित गर्दै र हिन्दु धर्म  तथा सस्कृतीको जगेर्ना गर्ने काम गरिएको छ।

कालिका मन्दिरको परिसरमा श्री कालिका मन्दिर तथा कोत माम्लियत व्यवस्थापन समितिको आयोजनामा गरिएको कालिका मन्दिर परिसरमा अवस्थित कालिका माताको चरणकमलमा चैत्राष्ठमीको अवसर पारेर शक्तिको प्रतिक कालिमाताको पुजा, चण्डी पाठ, होमन गरि वेलपत्र तथा फुलपत्र चढाउदै मन्दिरका मुल पण्डित श्री नारायण प्रसाद देबकोटा लगायत अन्य स्थानिय पण्डितहरुको उपस्थितिमा पुजा सम्पन्न गरिनुका साथै उपस्थित भक्तजनहरुलाई कालिकामाताको प्रसाद वितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिको अध्यक्ष दुर्गा के.सी. थापाको संयोजकत्वमा भएको थियो ।कायक्रम समितिका सह सचिव कुलबहादुर खत्रीले सञ्चालन गर्नुभएको थियो। आर्थिक संकलन कोषाध्यक्ष बलराम भट्टराईले गर्नुभएको थियो ।

शुक्ला साहित्य प्रतिष्ठान, राष्ट्रिय परोपकार महासंघ पोखरा १६ तथा लामाचौर भजन समुका सदस्यहरुद्धारा कालिका भगवती माताको भजन कृतन प्रस्तुत गर्नुका साथै परम्परागत रूपमा चलि आएका बाजा गाजा  झ्याली, दमाहा तथा नरसिंह बाजा बजाउदै कार्यक्रम लाइ भब्य र सभ्य रुपले प्रस्तुत गरिएको थियो ।

उपस्थित श्रद्धालु भक्तजनद्धारा पुजा तथा कृतनको शुभेच्छा प्रकट गर्दै आर्थिक रुपमा चन्दा सहयोग पनि गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: