Worldlink Communications

पोखरा महानगरपालिका लामाचौर १६ मा रहेको श्री इन्द्रराज्यलक्ष्मी माध्यामिक विद्यालयले ७०औं बार्षिकोत्सव मनायो

बैशाख २७ ,पोखरा

पोखरा महानगर पालिका वडा नं १६ मा रहेको श्री इन्द्रराज्यलक्ष्मी माध्यामिक विद्यालय को ७० औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अध्यक्षता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दिल थापाले गर्नुभएको थियो ।प्रमुख अतिथि पोखरा महानगर पालिका मेयर धनराज आचार्य ले गर्नुभएको थियो।

राष्ट्रिय गान गाएर सुरु गरिएको सो कार्यक्रममा सरस्वतीको तस्बिरमा पुष्प गुच्छा अर्पण गरिएको  थियो । सरस्वतीको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै पानस मा बत्ती बालेर ब्यानरमा हस्ताक्षर गर्दै प्रमुख अतिथि धनराज आचार्यले कार्यक्रम को उदघाटन गर्नुभएको थियो।

प्रमुख अतिथि धनराज आचार्यले विद्यालयको चौतर्फी विकास भएको देख्दा अन्य बिधालय ले केही सिक्नु छ भने इन्द्र राज्य लक्ष्मी  माध्यमिक विद्यालय बाट सिक्नुपर्ने नमुनाको रुपमा रहेको रहेछ भन्नुभयो। यस किसिमको वातावरण बन्नुमा यहाँका शिक्षक साथीहरू, व्यवस्थापन समिति , शिक्षक ,अभिभावक र विद्यार्थीहरु को महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

कार्यक्रममा बिधालय का प्रधानाध्यापक केशवप्रसाद अम्गाँइले  बिधालय को प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। बिधालय मा हाल ५०३ छात्रा र ५४४ छात्र गरी जम्मा १०४७ जना ले अध्ययन गरिरहेको जानकारी दिनुभएको थियो । बिधालयलाई बिधार्थी ल्याउने बसको अभाव रहेको जानकारी पनि गराउनु भएको थियो।

विभिन्न फरक विधामा छात्रा छात्रवृत्ति प्रदान गरिएको थियो भने शिक्षक तथा कर्मचारीहरु लाई सम्मान प्रदान गरिएको थियो। प्रमुख अतिथि लाई मायाँको चिनो हस्तान्तरण गरिएको सो कार्यक्रममालाइ धन्यवाद ज्ञापन सहायक  प्रधानाध्यापक पूर्ण भद्र अधिकारीले गर्नुभएको सो कार्यक्रम भव्य सभ्य रुपले सम्पन्न गर्नको लागि विद्यालयका शिक्षक सिता पौडेलले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा बिधार्थी हरु ले बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।अध्यक्षिय मन्तव्यसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल थापाले कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: