Worldlink Communications

सातौं खुल्ला स्नुकर प्रतियोगिता अन्तर्गत भएको फाइनल खेलमा बिकास महर्जन बिजेता

जेठ ८, पोखरा

हिजो भएको कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ द्वारा आयोजित कास्की जिल्ला सातौं खुल्ला स्नुकर प्रतियोगिता अन्तर्गत भएको  फाइनल खेलमा बिकास महर्जन (बिजेता) प्रथम हुनुभएको छ।

कार्यक्रम कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ का अध्यक्ष्य सागर कुमार साई ( दिलिप)को सभापतित्वमा भएको थियो। कार्यक्रममा पोखरा महानगर पालिका वडा नं २ का वडा अध्यक्ष दिवस मान प्रधाङ्ग हुनुहुन्थ्यो। विशेष अतिथि का रूपमा बिलियार्ड स्नुकर तथा पुल संघ का केन्द्रीय अध्यक्ष सरोज कुमार मुल्मी, कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ का संस्थापक अध्यक्ष बसन्त गौचन हुनुहुन्थ्यो।

अतिथि हरु मा पोखरा चेम्बर अफ कमर्स का अध्यक्ष यम नाथ पौडेल हुनुहुन्थ्यो। कार्यक्रम संचालन कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ का महासचिब सबिन जि.सी ले गर्नु भएको थियो।स्वागत मन्तव्य कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ का वरिष्ठ उपाध्यक्ष तथा खेलकुद संयोजक राजु गुरुङ ले गर्नु भएको थियो।

प्रथम हुने बिकास महर्जन ले प्रमाण पत्र, ट्रफी, सहित नगद रु ७००००/-( सत्तरी हजार) सहित हाइ एष्ट ब्रेक ( ६६ ) समेत गरी ट्रफी नगद रु ५०००/( पाँच हजार) समेत को पुरस्कार प्राप्त गर्नु भयो। त्यस्तै बिजय राना उप बिजेता ( दितृय) भई प्रमाण पत्र, ट्रफी सहित नगद रु ३५०००/- ( पैंतीस हजार) पुरस्कार प्राप्त गर्नु भयो। तृतीय पुरस्कार दुई जना लाई प्रदान गरिएको छ। तृतीय पुरस्कार युसी सुनार र नविन गुरुङ ले प्रमाण पत्र, ट्रफी, सहित नगद रु १००००/-( दश ,दश हजार) प्राप्त गर्नु भयो।

क्वाटर फाइनल मा सहभागी खेलाडी हरु निर्मल पराजुली,मनिष प्रधान,बिजय थापा, दिपक पुन मगर ले प्रमाण पत्र र क्यु( स्टीक) पुरस्कार प्राप्त गर्नु भयो।

कार्यक्रममा २०५७ साल देखि २०८० बैशाख महिना सम्म सेन्चुरी ब्रेक गर्ने कुमार पुन (१०७) कल्ब टेन, शेखर शेरचन ( १०१) पोखरा कल्ब, शम्भु shresta ( ११२) मार्क्यु स्नुकर कल्ब,सोम बि.क (१२८ भिडियो रेकर्ड भएको) फाइनल स्कोर स्नुकर कल्ब गरी चार जना खेलाडीहरू सम्मान स्वरुप ट्रफी प्रदान गरिएको थियो। त्यस्तै खेल अवधिभर निर्णायक को भूमिका रहनुहुने १२ जना लाई प्रशंसा पत्र सहित माया को चिनो प्रदान गरिएको थियो।

खेल अवधिभर आफ्नो स्नुकर कल्ब उपलब्ध गराउनु हुने ८ जना संचालक हरु प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो। कार्यक्रम मा ‌प्रमुख अतिथि रहनु भएका पोखरा महानगर पालिका वडा नं २ का वडा अध्यक्ष दिवस मान प्रधाङ्ग ज्यू ले कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ ले आगामी बर्ष २०८०/८१ मा गर्ने राष्ट्रिय प्रतियोगिता का लागि पोखरा महानगर पालिका बाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कास्की जिल्ला सातौं खुल्ला स्नुकर प्रतियोगिता मा सहयोग गर्नु हुने प्रायोजक,सह -प्रायोजक हरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्: