Worldlink Communications

पद्म नर्सिङ्ग होम र जयलक्ष्मी सहकारी बिच सम्झौता-सेयर सदस्यलाई बिशेष छुट

साउन २६ ,पोखरा

पद्म नर्सिङ्ग होम प्रा.लि. र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. बीच एक सहमति भएअनुसार यस सस्थाका सेयर सदस्यलाई नर्सिङ्ग होममा उपचार गराउदा बिशेष छुट सहित  उपचारमा प्रदान गर्ने भएको छ ।

पोखरा -३ नदिपुर् स्थिति पद्म नर्सिङ्ग होम प्रा.लि.ले पोखरा-११ रानी पौवामा प्रधान कार्यलय रहेको जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यलाई नर्सिङ्ग होममा उपचार गराउदा बिशेष छुट सहित सुबिधा उपलब्ध गराउने सम्झौता गरेको हो ।सुबिधा दिने सम्बन्धि सम्झौता पत्रमा पद्म नर्सिङ्ग होम प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का तर्फबाट कार्यकारी अधिकृत सुसिल केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयको थियो ।

सम्झौता अनुसार नर्सिङ्ग होमले सहकारीका शेयर सदस्यहरुलाई बहिरंग (ओपिडी) सेवा बाहेकका अन्य उपलब्ध सेवाहरुमा २० प्रतिशत र ओैषधीमा ५ प्रतिशत छुटदिने पद्म नर्सिङ्ग प्रा.लि. सहायक ब्यवस्थाक नरेश पौडेलले जानकारी दिनुभएको थियो  । उहाँका अनुसार सेवा प्राप्त गर्नका लागि सहकारीको सेयर सदस्य भ​एको आधिकारिक प्रमाण पत्र पेस गर्नुपर्ने बताउनु भयो  ।

सम्झौतालाई  आवश्यकता अनुसार समय समयमा  परिमार्जित गरेर हरेक बर्ष नवीकरण गर्न सकिने नर्सिङ्ग होमले जनाएको छ।सम्झौतामा हस्ताक्षर गर्दै नर्सिङ्ग होमका प्रबन्ध निर्देशक बास्तोलाले आफ्नो संस्था नाफा मूलक मात्रै नभई सेवाभावलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको भन्दै स्वास्थ्य सबैको पहुचमा पुर्याउने लक्ष लिएको बताउनु भयो । आफुहरुको परिवारको सदस्यको रुपमा जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.थपिएको र आगमी दिनमा सुबिधालाई थप गर्दै लगिने प्रतिबद्धता पनि उहाँ व्यक्त गर्नु भयको थियो  ।

सहकारीका प्रमूख कार्यकारी अधिकृत केसीले आफ्नो संस्थाले  नर्सिङ्ग होमसँग सहकार्यको सुरुवात गरेकोमा खुसी व्यक्त गर्दै संस्था बिचको सम्झौताले एक आपसमा ब्यवसाय प्रबर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भयो। पद्म नर्सिङ्ग होमले यस अगाडी पोखरा -२६ मा कार्यलय रहेको सत्यता बचत तथा ऋण सहकारी संस्था लि. सँग पनि यस्तै सम्झौता गरेको थियो ।

बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यसक्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा.लि. गत असोज देखि पोखरा –३, नदिप७३घढसर स्थित आफ्नै सुसबिधा सम्पन्न भवनबाट संचालनमा आएको थियो ।हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मेडिकल, जनरल सर्जरी, आँखासम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धि रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायतका बहिरंग (ओपिडी) सेवा संचालनमा छन् ।

यस्तै अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियू  एनआईसियूस, एक्सरे,भिडियो एक्सरे, इण्डोस्कोपी, कोल्नोस्कोपी, इकोकार्डियोग्राफी,एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगायतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: