Worldlink Communications

अफ्रिकन स्वाइन फिभरले बंगुर मर्दा गण्डकीमा ५० करोडको क्षती : मान्छेमा भने नसर्ने

माघ २९ ,पोखरा

एक वर्ष अघि गण्डकी प्रदेशमा देखिएको अफ्रिकन स्वाईन फिभर रोगका कारण गण्डकीका कास्की, तनहुँ, लमजुङ र गोरखामा अफ्रिकन स्वाईन फिभर रोगले  बंगुर मर्दा ५० करोडको क्षती भएको गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ  ।

गण्डकी प्रदेशमा यो रोगबाट आजसम्म  १६ हजार ५ सय ५४ वटा बंगुर मरेको मध्यमा कास्कीबाट  १५ हजार ३ सय ८८ वटा बंगुर मरेको निर्देशनालयका महानिर्देशक प्रेरणा सेढाईले जानकारी दिनुभयो । प्रदेशको हिसाबले कास्कीमा मृत्यू भएको बंगुर ९२.९ प्रतिशत  संख्याको आधारमा त्यति  बंगुर मर्दा ५० करोड  भन्दा बढी रुपैयाँको क्षती भएको बताउनु भयो।

कास्कीमा यस वर्ष बंगुरको संख्या नै कम भएकाले मृत्यू संख्या कम देखिएको निर्देशनालयले जनाएको छ । कास्कीमा अघिल्लो वर्ष करीब ५० हजार बंगुर भएको मा  अफ्रिकन स्वाईन फिभर देखिएपछि निर्देशनालयले बंगुरको संख्या घटाउन आग्रह गरे अनुसार  बंगुर पालक किसानहरुले ९० प्रतिशतसम्म बंगुरको संख्या घटाएका जानकारी दिनुभएको छ । कास्कीमा हाल ५ हजारको हाराहारीमा बंगुर रहेकाले मृत्यू संख्यापनि कम देखिएको बताउनु भएको छ ।

बंगुरमा लाग्ने अफ्रिकन स्वाईन फिभर रोग रोगी सुंगुर, बंगुर, बंदेल, जंगली बँदेलसँगको सम्पर्कबाट, किर्नाको टोकाई, मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीहरुको लसपस वा ओसारपसारबाट र होटल तथा भोजभतेरबाट ल्याइएका जुठो खानाका कारण सर्ने र फैलिन सक्ने  सूचना निर्देशनालयले जारी गरेको छ। न यसको भ्याक्सिन छ, नत यो रोग लागेपछि बंगुरलाई बचाउन नै सकिन्छ, त्यसैले सकेसम्म यो रोग  लाग्न नदिन र लागिसकेपछि त्यसको डिस्पोज गरेर निर्मलीकरण गर्नेबारे सचेतना जगाइरहेका छौं भन्नु भयो

निर्देशनालयले यसको रोकथापका लागि अन्य व्यक्तिलाई बंगुर वा सुंगुरको खोरमा पस्न नदिन, खोरमा पस्दा कपडा फेरेर वा डिस्ईनफेक्टेन्ट छरेर मात्रै प्रवेश गर्ने, खोरमा फोहोरको उचित व्यवस्थापन गर्ने, होटल तथा भोजभतेरबाट ल्याइएका जुठो खाना बंगुर, सुंगुरलाई सकभर नदिने, दिनै परे ३० मिनेट पकाएर मात्रै दिने, जंगली बंगुर र बंदेललाई सिधा सम्पर्कमा आउन दिननहुने बताउनुभयो ।

यो रोग लागेर मर्नुभन्दा गाडी  काटेर खाएको मासुले मान्छेलाइ कुनै असर नगर्ने बताउनु भएको थियो  भने नसर्ने  भएपनि यसरि मरेको थाहा हुदाहुदै किन खानु पर्र्यो भन्दै प्रति प्रश्न गर्नुभएको थियो । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव टेकप्रसाद प्रसाईंले अफ्रिकन स्वाईन फिभर रोगका कारण मरेका बंगुरको क्षेतीपूर्ती किसानलाई दिएर पुनः व्यवसायमा फर्काउन मन्त्रालयले समय आएपछि  बिउ पुँजी उपलब्ध गराउने बताउनु भयो।निर्देशनालयका पशु प्राविधिक सुरेश श्रेष्ठले बंगुर फार्मको नियमित अनुगमन गरेर किसानलाई सचेत बनाउने, बंगुरको संख्या घटाउन आग्रह गर्ने, रोग लागेका बंगुरको व्यवस्थापनका लागि सचेत गराउने लगायतका कार्यहरु सस्थागत हिसाबले निरन्तर गरिरहेको  बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: