Worldlink Communications

गत वर्षको आगलागिबाट भएको जनधनको क्षतिले दुखित जिल्ला समन्वय कास्की र डिभिजन बन कार्यालय कास्कीले बेलैमा बढायो सक्रियता

माघ १०, पोखरा

गत वर्षको आगलागिबाट भएको जनधनको क्षतिले दुखित बनेको जिल्ला समन्वय कास्की र डिभिजन बन कार्यालय कास्कीले  यस वर्ष भने आगलागिबाट बच्नको लागि बेलैमा सक्रियता बढाएको छ।

गत वर्ष डरलाग्दो आगलागिको कारण कास्की जिल्लामा धेरै जनधनको क्षति भएको थियो । जसका कारण वातावरणीय, पर्यावरणीय र पर्यटकीय हिसाबले जनजीवन अस्तव्यस्त भएको थियो । यस वर्ष पनि त्यस्तो आगलागि नहोला भन्न नसकिने भएको हुनाले बेलैमा सचेत बनाउनको लागि वनसँग सम्बन्धित निकाय र सम्पूर्ण जिल्लावासी नागरिकहरूलाइ  जिल्ला समन्वय कास्की र डिभिजन वन कार्यालय कास्कीले कास्की जिल्ला समन्वयको सभाहलमा बृहत छलफल एवं गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ।

गमलामा पानीले सिञ्चित गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएका जि स स प्रमुख लिलाधर पौडेलले विश्व वातावरणलाई आगलागिको कारणले च्यालेन्ज दिँदै आएको यस परिवेशमा विगत वर्षमा नेपालभरि नै नेपालीहरूले विभिन्न दुःख पाएको घटनाले यस वर्ष पनि आगोलागिकै कारणले विविध दुःखहरू भोग्न नपरोस् भन्नको लागि समयमै चेतनामूलक कार्यक्रम गर्न लागेको बताउनुभयो।

गत वर्ष वातावरणीय दृष्टिकोणले आकाश पुरै कुहिरी मण्डल बनेपछि जहाज उड्न पनि नसक्ने र ल्यान्ड गर्न पनि नसक्ने, सबैलाई सास फेर्न समेत गाह्रो भएको थियो।बनमा आगो लागेकै कारणले वन विनाश भएको छ। जङ्गली जनावरहरू चराचुरुङ्गी  किरा फट्याङ्ग्राहरू जलेका छन् घरपालुवा पशुहरू गोठमै जलेका छन् सँगै मानिसको जनधनको क्षति भएको विषयले दुखित बनाएको हुनाले यस वर्ष त्यो दुःख धेरै व्यहोर्न नपरोस् भन्नको लागि बेलैमा सचेत गराउनको लागि गरिएको यो कार्यक्रमबाट सबै चेतनशील बन्नै पर्छ भन्नुभयो ।

समाजमा जस्ता सोच भएका मानिसहरू पनि बस्ने भएको हुँदा आग लागिको विषयमा कोही कसैलाई पनि जात रङ्ग थर उमेरका हिसाब ले छुट छैन सबैलाई आफ्नो स्तरबाट सजाय हुनैपर्छ पौडेलले भन्नुभयो। को गरिब को धनी को बुढोको तन्नेरी भन्ने विषयले त्यति फरक पर्नु हुँदैन भन्नुभयो। आम जनमानसलाई आगलागि बाट बच्नको लागि सचेतना मूलक कार्यक्रम गरेर आगलागिलले बेहोर्नु परेका दुखद घटना हरू देखाएर आगामी दिनमा आगो नलगाउने उपायहरू सिकाउनुपर्छ भन्नुभयो। कहीँ कतै आगो लागिहालेमा त्यो आगोलागि कसले गर्यो किन लगायो भने आगो लगाउने व्यक्ति पत्ता लगाउन सकिएको छैन! आगो लागिबाट भएका नोक्सानहरु को बारेमा किन बेखबर भइएको छ !यावत बग्रेलती प्रश्नहरूको उत्तर खोज्दा मेरो दाइ परे पनि मेरो काका परे पनि मेरो छोरा परे पनि छुट दिनु हुँदैन भन्न सक्नुपर्छ, आगो लगाउने व्यक्तिलाई छुट दिनु भनेको अपराधीलाई छुट दिनु जस्तै हो भन्नुभयो।

विगतमा भएको भूलहरूलाई नदोहोर्याउनको लागि र त्यसबाट शिक्षा लिएर आगामी दिनमा त्यस्ता दिनहरु भोग्न नपरोस् भन्नको लागि सबैलाइ बेलैमा सचेत बनाउनको लागि हामी र वन कार्यालय सामुदायिक वन का जिम्मेवार व्यक्तिहरू र आम नागरिकलाई अब आगलागीबाट बच्नको लागि अगाडि नै गरिने विभिन्न राम्रा कार्यक्रमहरू लाई राम्रोसँग पालना गर्न सकेमा आगलागिबाट हुने जनधनको क्षति र बिग्रँदो वातावरणीय पर्यावरणीय र पर्यटकीय क्षेत्रहरू कोही पनि त्यसको शिकार बन्नु पर्दैन भन्नुभयो।

डिभिजन वन कार्यालय कास्की प्रमुखले प्रस्तुत गर्नुभएका सम्पूर्ण विषयहरू सरानीय प्रशंसनीय भएको र छलफलमा पनि भाग लिइसकेपछि सकेसम्म बनमा आगो लाग्नै नदिने र कसैले आगो लगाए वा लगाउन लगाएमा कानुनी दायारा मा ल्याइ दण्ड जरिवाना गराउने कार्यमा सहयोग पुराउने साझा प्रतिबद्धता पत्रमा जिम्मेवार सरोकारवालाहरु ले हस्ताक्षर गरेर मात्र आफ्नो जिम्मेवारी पूरा नहुने बताउनुभयो।त्यस किसिमका कार्य गर्नको लागि सबैले बिना आग्रह पूर्वाग्रह स्थानीय स्तरबाटै दण्ड सजायको सुरुवात तत्कालै गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा समग्र जिल्ला वनको अवस्था ,बन ब्यबस्थापन ,बन सम्बन्धि कानुनको सैद्धान्तिक जानकारी र अभ्यास ,बन डढेलो नियन्त्रण ,बिकास र बाताबरण को सन्तुलन कसरी राख्न सकिन्छ भन्ने बिषयमा सघ ,प्रदेश र स्थानीय तह का सरोकारवाला निकाय, सुरक्षा निकाय, जनप्रतिनिधि ,सामुदायिक बन उपभोक्ता समिति का पदाधिकारी ,नागरिक समाज, सरोकारवाला व्यक्तित्वहरू र समाजका सामाजिक एवं बौद्धिक जिम्मेवार नागरिक सम्मिलित गोष्ठीमा डिभिजन बन कार्यलय का प्रमुख कोमल राज काफ्लेले तीन वटा कार्यपत्र पेश गर्नुभएको थियो।

प्रस्तुत कार्यपत्र करिब ८० जना सहभागी मध्ये करिब २३ जनाले आआफ्नो धारणा राख्नुभएको थियो। प्रायगरी आफ्नो धारणा राख्नेहरूले वनमा आगलागि हुँदा पाएको दुःख , आगलागीबाट बच्नको लागि गरिएको प्रयास, आगो कसले लगायो भन्ने विषयको खोजी आगामी दिनमा आगलागीबाट बच्न के कस्तो उपायहरु गरियो भने बच्न सकिएला भन्ने जस्ता यावत प्रश्नहरूमा घोत्लिदै कानुनी उपचारको खोजि गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शुभकामना मन्तव्य राख्दै वनमा आगो लगाउनेहरू,खोलामा माछा मारेर पोलीखानेहरू,  अर्थात् राति वनमा क्याम्पेन बस्ने हरूको कारणले वनमा आगो लागेमा उनीहरूको नाम किटानीसहित अर्थात् फोटोसहित आएमा खबर गर्ने वा उजुरी गर्नेको नाम गोप्य राख्दै उनीहरूलाई जुनसुकै अवस्थामा पनि पकडेर  सजायको कठघरामा उभ्याउन सक्ने बताउनुभयो ।

कार्यक्रममा उप प्रमुख सरिता मालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण ,टिप्पणी र संचालन जिल्ला समन्वय अधिकारी नबराज बराल ले गर्नु भएको ।

प्रतिक्रिया दिनुहोस्: