क्लिन सिटी ग्रीन सिटी” नाराका साथ पोखराको हेम्जाको हाइवे डिभाइडरमा वृहत वृक्षारोपण

जेठ २१, पोखरा
पोखरा महानगरपालिकाले आज विश्व वातावरण दिवसको अवसर पारेर “क्लिन सिटी ग्रीन सिटी” नाराका साथ पोखराको हेम्जाको हाइवेमा वृहत वृक्षारोपण अभियान सुरु गरेको छ।
आजबाट “क्लिन सिटी ग्रीन सिटी” भन्दै औपचारिक रुपमा शुभारम्भ भएको कार्यक्रमको उद्घघाटन गर्दै पोखरा महानगर पालिकाको मेयर धनराज आचार्यले “बिरूवा रोप्नु मात्रै ठूलो कुरा होइन र छैन भन्दै ती बिरुवाहरूको संरक्षण गर्न जहिलेसम्म हाम्रो दायित्व हो” भनिँदैन तबसम्म बिरुवा रोपेर मात्र केही हुँदो रहेनछ भन्दै कार्यक्रमलाई सफल पार्नको लागि अभियानलाइ दिगो बनाउन सबैको प्रत्यक्ष सहयोगको आवश्यक रहेको बताउनुभयो।
पोखरा महानगर पालिकाले “क्लिन सिटी ग्रीन सिटी” कार्यक्रमलाई सार्थकता दिनको लागि वृक्षारोपण कार्यक्रमको लागि २ लाख २६ हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ। आजबाट सुरु भएको कार्यक्रम अन्तर्गत याम्दी देखि फेदीसम्मको १२ किलोमिटर सडक खण्डको डिभाइडरमा १,१०० वटा विभिन्न जातका फूलका बिरुवा रोपिने पोखरा २५ का वडाध्यक्ष ले जानकारी दिनुभयो।
वृक्षारोपण कार्यक्रम पोखरा–२५,को हेम्जा तल्लो चोकमा गरिएको सो कार्यक्रममा विशिष्ट अतिथि पोखरा महानगरपालिकाको उप–मेयर मन्जुदेवी गुरुङ ले विगतमा रोपिएका बिरुवाहरू नबढेको देख्दा किन नबढेका होलान् यसको जातै यस्तो हो कि भन्ने लागिरहेको थियो भन्दै आगामी दिनमा रोपिएका बिरुवाहरू राम्रो सँग बढेको हुनुपर्छ भन्दै यसको संरक्षणमा आज यहाँ उपस्थित आमा दिदीबहिनीहरुको महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो।
अतिथिको रुपमा बोल्दै पोखरा महानगरपालिका वार्ड नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले बिरुवा रोप्नुभन्दा पनि जतन गर्नु आवश्यक रहेको भन्दै स्थानीय आमाबुवा दाजुभाई दिदीबहिनीहरु ले यो बिरुवा मैले सारेको हो भन्ने मानसिकताले काम गर्दै हरेकले आफ्नो आफ्नो घर अगाडि अगाडिका बिरुवाहरूलाई पानी दिने मलजल गर्ने गरियो भने पक्कै पनि हराभरा हुनेछ भन्नुभयो।
कार्यक्रममा विभिन्न पार्टीका जिम्मेवार व्यक्तिहरू लगायत महानगर पालिकाका कार्यकारी प्रमुख, वडा नं. २५ का वडा अध्यक्ष मोतिलाल तिमिल्सिना,१७ का वडाध्यक्ष राधिका शाही योगी, जनप्रतिनिधिहरू लगायतहरू,महाशाखा प्रमुख विमल रन्जन कार्की, ,सामाजिक अभियन्ता, स्थानीय बासिन्दा ,विद्यार्थी लगायत वडाका कर्मचारी लगायतको उल्लेखनीय सहभागितामा वृक्षारोपण कार्यक्रम गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले वातावरण संरक्षण र प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि वृक्षारोपण अभियान महत्वपूर्ण कदम भएको धारणा राख्नुभएको थियो। पोखरा महानगरपालिकाको मेयर धनराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रम लाई भव्य र सभ्य रूपले महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो।
