Top Header Ad 1

गण्डकी अस्पतालको ओपिडि सेवा अनिश्चितकालका लागि बन्द

गण्डकी अस्पतालको ओपिडि सेवा अनिश्चितकालका लागि बन्द

परिबर्तन न्युज
११ जेष्ठ २०७८ बजे
परिबर्तन न्युज
११ जेष्ठ २०७८

जेष्ठ ११,पोखरा

Advertisement:Ad

गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी अस्पतालको ओपिडि सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालले एक सूचना जारी गरी सरकारले कोभिड १९ का बिरामीहरुको उपचार रउनीहरुको व्यवस्थापन को लागि निर्देशन दिएकाले सोही बमोजिम जेठ ११ गतेदेखी लागू हुने गरी अस्पतालका सबै ओपिडि सेवाहरु बन्द गरिएको जनाएको छ ।

स्मरण रहोस सङ्घीय सरकारको मातहतमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालाई गण्डकी प्रदेश सरकारले केही दिन अघि कोभिड अस्पताल बनाउन सिफारिस गरेको थियो ।अस्पताल प्रशासनले यसबाट सर्व साधारणमा पर्न जाने असुविधाप्रति दुःख व्यक्त गर्दै कोभिड१९ का सङ्क्रमितहरुको उपचार र व्यवस्थापन गर्नकै लागि अन्य ओपिडि सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको निर्देशक प्रा डा भरतबहादुर खत्रीले बाताउनु भयो ।
पश्चिमाञ्चल  गण्डकी अस्पतालमा कोरोनाका बिरामीहरुको उपचारका लागि ४२ आइशोलेशन बेड, १७ आइसियू बेड,७ वटा भेन्टिलेटर र १६ वटा एचडीयू बेड रहेकामा सबै प्रयोगमा छन् ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज