साच्चै लोडसेडिङ नै हो भने तालिकादेउ सरकार

साच्चै लोडसेडिङ नै हो भने तालिकादेउ सरकार

परिबर्तन न्युज
२६ श्रावण २०७८ बजे
परिबर्तन न्युज
२६ श्रावण २०७८

पोखरा,श्रावण २६

आजकल पोखरामा झ्यापझ्याप लाइन जाने गरेको बिसय त्यति नौलो मानिदैन तर कोरना कहर बिच दुखका साथ केही गरेर आफ्नो दैनिक जिबन चलाउने सर्बसाधारण जनता देखि अन्लाईन पढाउने शिक्षक र पढ्ने बिद्यार्थी उनका अभिभावक सबैलाइ दुखी बनायको छ ।

Advertisement:Ad
Advertisement:Ad

हुनत केही बर्स अघिको कुरा हो दैनिक २० घन्टा लोडसेडिङ खेपि रहेका जनता न थियौ यस्तो पिडालाइ उन्मुक्ति दिदै लोडसेडिङ मुक्त नेपाल बनाइ नेपालीहरुको जीवनलाइ उज्यालो नेपालको रुपमा बरदानै भै मार्ग प्रसस्त गर्नु भयका जनार्दन शर्मा  र कुलमान घिसिङहरुलाई  नेपालिहरुले मनमुटुमा बसाली रहेको बिसय सामाजिक संजालहरुमा यत्रतत्र सर्बत्र देख्न सकिन्छ । नेपाली हरुको मनमा अहिलेपनि तिनै  ब्यक्तिहरु नभयर यस्तो भयको त होइन भनेर ससङ्कित बनिरहेको आज को परिवेश मा यति बेला नेपाली जनता जानेरहोस्  वा नजानेर उज्यालो नेपालका  प्रबर्तक कुलमान घिसिङ लाइनै खोजेका बिसय घाम झैँ छर्लंग छ  ।

बास्तब मा लाइन बेलाबेलामा काटिने समस्या भयको हुनाले लाइन बाट काम गर्ने सर्बसाधरण जनता र अन्लाईन कक्षा पढाउने शिक्षक र पढने बिद्यार्थी लाई निकै सकस परेको सहजै देखन र बुझन सकिन्छ ।कतिपय गाउका बिधालयहरु त सामान्यतय बन्द नै छन भने शहर बजार का बिधालय मा अन्लाईन पढाइ  भयको हुनाले यो समस्या बिकराल रुपमा विधालयका शिक्षकबिधार्थी  हामिले झेल्नु परेको छ ।  यो अघोसित लोडसेडिङ ले गर्दा सारै सकस नै भयकोले  बिधालय ब्यबस्थापनले  शिक्षण कार्यलाई निरन्तरता दिनको लागि शिक्षक साथी हरुलाइ नेटको राउटर को चार्जर को ब्यबस्था नै गर्नुपरेको बाध्यता श्री बिन्ध्य बासिनी मा बि बाटुलचौर का प्राचार्य कृष्ण प्रसाद आचार्य ले हामिलाइ बताउनु भयो हाम्रो यो बाध्यता कस्ले बुझ्ने ।

Advertisement:Ad
Advertisement:Ad

विधुतीय पोल तार सम्पूर्ण जिर्ण भइसकेको हुदा सबै परिबर्तन गर्नुपर्ने छन यो फेर्न अर्बौ लाग्ने हुनाले प्राकृतिक रुपमा हावापानी ले गर्दा  बेला बेलामा लाइन  शर्ट भै मर्मत गर्नै पर्‍यो त्यही समयमा  एकैछिन लाइन गयको हो ।यहि विषय लाई लियर त्यस्तो गम्भीर कुरा नगर्नु हुन अनुरोध  गर्नु भयो भने अन्त मा यो बिसय लाई न्यूनीकरण गर्न को लागि के गर्न सकिन्छ भन्ने बिसय मा सम्पूर्ण बिधालय र बिधुत कार्यलय  बीच  अन्लाईन कक्षा शिक्षण गर्ने समय मिलायर सहकार्य गरेर अगाडी बढने हो भने अलिकति कम हुन सक्ने कुरा सहायक प्रमुख  नरेशदत्त रावल ले बताउनु भयो ।

अब पनि सरकार पक्ष होस वा बिधुत को सामान्य हेलचक्राइ ले होस कुनै पनि बहानामा बन्द भयको लोडसेडिङ सदासदाको लागि बन्द हुनुपर्छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज