पर्यटकिय क्षेत्र महेन्द्र गुफा ले आज चियापान कार्यक्रम गर्यो

पर्यटकिय क्षेत्र महेन्द्र गुफा ले आज चियापान कार्यक्रम गर्यो

परिबर्तन न्युज
१५ कार्तिक २०७८ बजे
परिबर्तन न्युज
१५ कार्तिक २०७८

कार्तिक १५ ,पोखरा

गण्डकी प्रदेश कै  पर्यटकीय क्षेत्रको हिसाबले गण्डकी प्रदेश को गन्तव्य मा रहेको महेन्द्रगुफा संरक्षण समितिले आज चियापान कार्यक्रम सम्पन्न गरेको छ आजको चियापान कार्यक्रमको अध्यक्षता गुफा  संरक्षण समितिका अध्यक्ष  गुरु प्रसाद भट्टराईले गर्नु भयको थियो यस  कार्यक्रम का  प्रमुख आकर्षक ब्यक्तित्व  भौतिक विकास तथा निर्माण मन्त्री कुमार खडका हुनुहुन्थ्यो भने विशेष अतिथिको रुपमा गण्डकी प्रदेशका विकास समितिका अध्यक्ष दिपक कोइराला  रुपक  हुनुहुन्थ्यो त्यस्तै गरी अतिथिहरुमा  पोखरामा नगरपालिका वाड नम्बर १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य लगायत जनप्रतिनिधिहरु र  विभिन्न पार्टीका प्रतिनिधित्व का रुपमा अध्यक्षहरु सदस्यहरु र  सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन गुफा संरक्षण समिति  का कार्यलय संयोजक शिशिर पौडेलले गर्नुभएको थियो

Advertisement:Ad
Advertisement:Ad

विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पत्रकार आदरणीय व्यक्तित्व यदुनाथ बन्जाराले शुभकामना मन्तव्य राख्ने क्रममा नेपालको कर्णाली प्रदेशको रुपमा पोखरा को कर्णाली को स्थान रहेको पोखराको उत्तरी खण्डमा भएको महेन्द्र गुफा को विकासमा सबैको महत्वपूर्ण योगदान हुनुपर्छ  आन्यथा महेन्द्र गुफाको विकास हुन नसक्ने बताउनुभएको थियो

नवनिर्वाचित  नेपाली कांग्रेसका पोखरा महानगरपालिका वडा नम्बर १६  का अध्यक्ष अमृत तिमिल्सिनाले यो देश अब युवाहरूको हातमा आएको हुनाले युवाहरुले जुनसुकै मूल्य चुकाएर भए पनि वार्डको विकासको लागि कुनै पनि  राजनीति नगर्ने कसैले गर्ने भएपनि आफुलाई चित्त नबुझ्ने बताउनुभएको थियो भने राजनैतिक रुपमा सबैले आ-आफ्नो अठोट पुरा गर्ने क्रममा ल्याउने भएमा जसले कार्यक्रम आयोजना गरेपनि आफू सामेल हुने बताउनुभएको थियो आफ्नो अन्तिम इच्छा भनेको आफ्नो वडा बनाउनुमा  नै रहेको आफ्नो स्वार्थ रहेको बताउनु भएको थियो

Advertisement:Ad
Advertisement:Ad

बोल्ने क्रममा पोखरा महानगरपालिका वडा नम्बर१६ का वडा अद्यक्ष जीवनप्रसाद आचार्य ले आफ्नो वार्डले विकासको गते लिइरहँदा आफु  कुनैपनि विकासको बाधक बन्न नखोजेको जुनसुकै पार्टीको जुनसुकै व्यक्तिले जसरी आए पनि आफ्नो वार्डको विकासको लागि  पत्र बनाउने देखि लिएर आँफू जानैपर्छ भन्ने आवास मिलेसम्म जहाँ पनि जान तयार रहेको सबैसँग मिलेर जान चाहेको बताउनु भयो  विकासको निम्ति आफू कुनै पनि मानेमा पछाडि नहट्ने जोसँग जसरी जाँदा विकास हुन्छ त्यसैगरी जानुपर्छ भन्ने आफ्नो मान्यता रहेअ नुसार आफ्नो अहिलेको परिवेशमा मन्त्री पनि यही वार्ड को हुनुभएको हुनाले जतिसक्दो धेरै विकास गर्नुपर्छ त्यो पनि हाम्रै पालामा  भन्ने मान्यताबाट आफु कहिँ पनि नचुकेको बताउनुभयो र टाढा नरहेको बताउनुभयो

विशिष्ट विशिष्ट अतिथिको आसनबाट बोल्दै विकास समितिका अध्यक्ष दिपक कोईराला ले  हामीहरुले जहिलेपनि विकासका कुरा गर्ने स्मार्ट सिटि का कुरा गर्ने  तर हामी आफै स्मार्ट  बन्न नसकेकोले अब हामी पनि जबसम्म हामी स्मार्ट बन्दनौ तबा सम्म बिकास हुनुले खासै असर नपर्ने बताउनुभएको थियो हामी जबसम्म आफ्नै मन देखि स्मार्ट बन्न सक्दैनौ नि  जिबनमा परिवर्तन नआउने ठोकुवा गर्नुभएको थियो त्यसो त हामी पनि स्मार्टसिटि  बन्न सिक्नुपर्छ अन्यथा भौतिक मात्र स्मार्ट बन्दैमा केही परिवर्तनको नभको पर्यटकीय नगरी मा रहेको एउटा आकर्षकको महेन्द्रगुफा को बिकाश महेन्द्रको गुफाको आकर्षण केन्द्र बनाउन प्रदेश सरकार ले सबै किसिमका सहयोग गर्न तयार रहेको बताउनुभयो

प्रमुख अथितिको आसनबाट बोल्नुहुँदै गृहमन्त्री खड्काले वार्ड १६ को बिकाश मा आफुले सक्दो प्रयास गरिरहेको तर पनि कहीँ न कहीँबाट विकासको बाधक कोहि न कोहि बनेकोछ  भन्ने आभाष भइरहेको र त्यो आभास हुन नदिन सबै पक्षबाट विकासलाई सबैले आत्मसाथ्  गरे राम्रो हुने थियो भन्ने विषय उहाँले राख्नुभयो आफूले विकास गर्न धेरै खोजेको भएपनि विगतका वर्षहरुमा प्राप्त बजेटहरु फ्रिज भएको काम गर्न नसकेर होस् वा  समिति बन्न नसकेर  सबै बजेटहरू फ्रिज भएको दुःखेसो गर्नुभएको थियो  फेरी पनि आफूले यस वार्डमा बिकास बजेट ल्याउँदा पनि दोषी हुनुपरनी हो कि भन्ने आभास मिलेको बिगत थियो बजेट आउदा पर्दा केहि मानिस हरु असन्तोषी देखिएको हो कि भन्ने भान देखिरहेको छु यो आफैंमा दुःखलाग्दो कुरा हो भन्नुभयो मलाई विश्वास छ  अब यस्तो कुराहरु स्थान पाउने छैनन् विकासका निम्ति परेका रातो किताबका बजेटहरू फ्रिज हुनु भनेको साह्रै दुःख लाग्दो कुरा भएको हुनाले अब उपरान्त यस्तो हुने छैन भन्ने आफूले विश्वास लिँदै पोखरा १६ को  समग्र विकास मा आफ्नो चासो रहेको जानकारी गराउनुभयो अझै महेन्द्र गुफा को बारेमा त धेरै गर्नुपर्नेछ यो अलिकति मात्रै हो अझै धेरै गर्नु पर्नेछ भनेर अझै जोड दिनु भएको थियो

कार्यक्रमको अन्तमा कार्याक्रम संचालन गर्ने क्रममा आफुमा केही गल्तीहरु भएमा सुधारेर बुझिदिनु हुनेछ भन्दै कार्यक्रम प्रस्तोता शिशिर पौडेल  ओझेल पर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता गरिरहनु भएका गुरुदत्त भट्टराईले गुफा बिकास र ब्युटिफिकेसन को लागि  मंत्री कुमार खड्का मात्र नभई दिपक कोइराला विकास समितिका अध्यक्ष  सबैबाट समितिले जो बाट जजसबाट जेजे पाइन्छ त्यसलाई अधिकतम भरमग्दुर तरिकाले प्रयोग गर्दै महेन्द्र गुफा को वृहतर विकास गर्ने कुरामा यो समितिका  विज्ञहरूका का साथ लाग्नेछ भन्दै आजको कार्यक्रम समापन गर्नुभएको थियो

-प्रकाश अधिकारी https://youtu.be/mqqoB8ECNOY

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज