पोखरा महानगर १६ मा नेकपा एकीकृत समाजबादी पार्टी ले आफ्नो सगठन बिस्तार गर्‍यो

पोखरा महानगर १६ मा नेकपा एकीकृत समाजबादी पार्टी ले आफ्नो सगठन बिस्तार गर्‍यो

परिबर्तन न्युज
१७ पुष २०७८ बजे
परिबर्तन न्युज
१७ पुष २०७८

पौष १७,पोखरा

पोखरा महानगर १६ मा नेकपा एकीकृत समाजबादी पार्टी ले आफ्नो सङ्ठन बिस्तार गरेको छ । कालिका भवनमा भएको कार्यक्रम कार्यक्रम को अध्यक्षता सो पार्टी का जिल्ला सचिवालय सदस्य  एबम क्षेत्र  न २ को ख´का समयोजक नरेन्द्र थापा ले गर्नु भएको थियो भने प्रमुख अतिथी पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्य हुनुहुन्थ्यो भने अतिथी हरु क्रमशः युवा सघ का पुर्ण लामा,जिल्ला सदस्य गोपाल गिरि, सुरेन्द्र भण्डारी,खड्क बि क नगर सचिब सुशील बस्नेत,शंकर नेपाली लागायत वार्ड १९ का केही पार्टी प्रतिनिधि हरुको उपस्थितिमा भयको सो कार्यक्रम पार्टी जिल्ला कमिटी का सदस्य केदार भट्टराई ले गर्नु भएको थियो ।

Advertisement:Ad
Advertisement:Ad

कार्यक्रम मा उपस्थित अधिकास नेता हरुले नेकपा एमाले भित्रको `बा´ प्रवृत्ति र `बा ´ को एकलकाटे प्रवृत्ति सङै ब्यक्ती बादी कार्यसैलि ले गर्दा नै पार्टी यो अबस्थामा पुगेको बताउनु भएको थियो भने अब यो एकीकृत समाजबादि पार्टी नै प्रमुख पार्टी बन्ने छ र केही समय पछि सबै एमालेमा रहनुहुने सच्चा राम्रा इमान्दार कम्युनिस्ट कार्यकर्ता  हरु यहि पार्टी मा गोलबन्ध हुनुहुनेछ भने एमाले भन्ने पार्टी मा केपि का बा प्रवृत्ति का अबसरबादी झुन्डहरु मात्र त्यहा रहने बताउनु भएको थियो ।                                         अध्यक्ष ता गरिरहनु भएका नरेन्द्र थापाले पोखरामा सबै भन्दा कमजोर ठानिएको पोखरा १६ मा यतिराम्रो उपस्थित भै कमिटी गठन हुनु भनेको पार्टीको लागि खुसी को कुरा हो भन्दै यो उपस्तिथि ले हामी प्रती को बिश्वास गुमेको छैन भन्ने बताउछ भन्नू भयो यो बिश्वास ले अब पोखरा जुरुक्क उठेको बताउनु भयो ।

पोखरा १६ मा नेकपा एकीकृत समाजबादी ले ज्ञान  कुमार श्रेष्ठ को अध्यक्षता मा ४५ सदस्य वार्ड कमिटी गठन गरेको छ जसमा पदाधिकारी हरु कर्मस: उपाध्यक्ष मा पार्बती कार्की र देबि कुमारी बि.क,सचिब:सावत्री  परियार ,उपसचिव :सुक बहादुर गुरुङ र शेर बहादुर गुरुङ हुनुहुन्छ ।

Advertisement:Ad
Advertisement:Ad

त्यस्तै गरि आजै नेकपा एकीकृत समाजबादी ले सन्देस गर्बुजा को अध्यक्षता मा  ३५ सदस्य युवा सघ पनि गठन गरेको छ जस मा  उपाध्यक्ष सन्दीप गुरुङ सचिब सुनिल थापा सहसचिब बिनोद बि क हुनुहुन्छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज