फेरी पेट्रोलियम पदार्थको मूल्य बढयो

फेरी पेट्रोलियम पदार्थको मूल्य बढयो

परिबर्तन न्युज
१७ फाल्गुन २०७८ बजे
परिबर्तन न्युज
१७ फाल्गुन २०७८

फागुन १७, काठमाडौं

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको बिल पायको केही मिनेट मा नै   नयाँ मूल्य सूची तयार पारको छ जस अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

Advertisement:Ad

इन्डियन आयल कर्पोरेशन बाट प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेलमा ३.०८ रुपैयाँ र मट्टितेलमा प्रतिलिटर १०.३० रुपैयाँ बढेको छ भने हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ बढेको छ त्यस्तै एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगम कार्यलयका प्रवक्ता बिनित मणि उपाध्यायले बताउनुभयो ।

इन्डियन आयल कर्पोरेशन को नयाँ मूल्य सूचीअनुसार अझै निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घाटा हुने बताउनुभयो। मूल्य सूची बढेर आए सँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत   १४४.०८ रुपैयाँ र।  एलपीजी ग्याँसको।  खरिद लागत   प्रति    सिलिन्डर  २२४०.३४ रुपैयाँ   पुगेको निगम का प्रवक्ता  बिनिता  मणि ले बताउनुभयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज