जतनाले देखाएको समर्थन र हार्दिकताले उत्साहित छु-एमाले उम्मेदवार खगराजअधिकारी

जतनाले देखाएको समर्थन र हार्दिकताले उत्साहित छु-एमाले उम्मेदवार खगराजअधिकारी

परिबर्तन न्युज
२७ कार्तिक २०७९ बजे
परिबर्तन न्युज
२७ कार्तिक २०७९

कार्तिक २६,पोखरा

नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले जतनाले देखाएको समर्थन र हार्दिकताले उत्साहित भएको बताउनुभयको छ । पोखरा महानगरपालिका वडा नम्वर २७  र ३१  मा भएको  घरदैलो कार्यक्रममा नेता अधिकारीले सो  कुरा बताउनुभयको हो  ।

Advertisement:Ad

पूर्व गृह मन्त्रि एबम स्वास्थ्य मन्त्रि समेत भै सक्नु भयका नेकपा एमालेका संगठन विभाग प्रमुख  खगराज अधिकारीले यो देशको विकासको लागि एमाले जनताको रोजाई रहेको बताउनु भयो। कार्यक्रमको दौडानमा स्थानिय आमा बाबा दाजुभाइ तथा दिदीबैनी छोराछोरी सबै जनताको सुख दुःखमा सदैव साथ रहने नेताको रुपमा तपाइँ  खगराज अधिकारीलाई पाएको भन्दै आगामी निर्वाचनबाट हामी जिताउछौ  हामि जनताको जिबन स्तर मा थप विकासगरी हाम्रो जिबन स्तरलाई अगाडी बढाउन तपाइले महत्वपुर्ण भूमिका खेल्न आग्रह गर्नुभएको थियो  ।

खगराज अधिकारीले खुसिहुदै आफू सदैव जनताको बिचमा रहेर काम गर्दै आएको बताउदै जनताकै सल्लाह र समन्वयमा विकासका योजनाहरु अगाडी बढाईने बताउनु भयो  ।वडा नम्वर २७ को घरदैलोको क्रममा स्थानीय बासीहरुले जहिलेपनि आफुहरुले खगराज अधिकारी लाइ अभिभावकको रुपमा  सहयोग गर्दै आएको भन्दै  जितको अग्रिम शुभकामना दिनुभयको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज