हामिलाइ बिजयि बनाउनुस तपाईहरुको गुनासोलाइ सम्मान गर्दै उत्साहमा परिवर्तन गर्छु-मिना गुरुङ

हामिलाइ बिजयि बनाउनुस तपाईहरुको गुनासोलाइ सम्मान गर्दै उत्साहमा परिवर्तन गर्छु-मिना गुरुङ

परिबर्तन न्युज
२८ कार्तिक २०७९ बजे
परिबर्तन न्युज
२८ कार्तिक २०७९

कार्तिक २८, पोखरा

मंसिर ४ गते जतिजति नजिकिँदै छ चुनावी सरगर्मी पनि त्यति नै तात्दै गएको सहजै देख्न सकिन्छ । आज नेकपा एमाले कास्की जिल्ला क्षेत्र नं २/२ को पोखरा महानगरपालिका वडा नम्बर १६ मा भएको घरदैलो कार्यक्रमले यस्तै संकेत गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

घरदैलो कार्यक्रम बिहानै बाट सुरु गरिएको सो कार्यक्रममा हरेक उमेदवारले जस्तै सामना गर्नुपर्ने जनताको एउटै प्रमुख प्रश्न चोटिलो बनेर आयो दल र नेताले काम गरेनन् जनताको अवस्था बदलिएन भन्ने जस्ता प्रश्नहरूको जवाफ दिँदै आउनुभएका नेकपा एमाले कास्की २ (२)मा उम्मेदवार बन्नुभएको मीना गुरुङले  आज पनि यिनै गुनासो हरु सुन्द  घरदैलो कार्यक्रम मा ब्यस्त हुनुहन्थ्यो ।

आफूलाई भोट दिने अनि माया गर्ने हरुको बिस्वास र माया सहितको  आक्रोश र मिश्रित गुनासो राखेका मतदातालाई उहाले विगतमा पार्टी ले समानुपातिक ससद बनाएर प्रतिनिधित्व गराइरहदा आफूले जनताको पक्षमा धेरै राम्रो काम गरेको र केही अधुरा काम र  गर्नैपर्ने महत्वपूर्ण बाकि काम पुरा गर्नको लागि प्रदेश सभाको प्रत्यक्ष तर्फबाट आफुले उम्मेदवारी दिएको फेहरिस्त सुनाउदै आफुले आज सम्म राम्रो काम गरेकोले जोकोहीले पनि यस्तो  कमजोर मनले नसोच्न आग्रह गर्नुभयो।

Advertisement:Ad
Advertisement:Ad

उहाले भन्नुभयो ‘म यो क्षेत्रका जनताका समस्याबारे राम्रो परिचित छु, समाधानको खाँका पनि बनाएको छु । विगतमा अरुले दिएका आश्वासनको उत्तर त म दिन सक्दिनँ, यत्ति भन्छु, यसपालि मत दिनुस् तपाईहरुको आक्रोश र गुनासोलाइ सम्मान गर्दै उत्साहमा परिवर्तन गर्छु ’ भन्नुभयो।

लोकतन्त्रमा स्वतन्त्र उम्मेदवार र युवाको आकर्षणलाई स्वागत नै गर्नुपर्ने भएपनि राजनीतिक दलरहित लोकतन्त्र कल्पना नहुने भएकाले आफ्नो मतलाइ जिम्मेवारी र जनताको पक्षमा लडने पार्टी  एमाले लाइ दिनुपर्ने बताउनुभयो। एमाले को  नेतृत्वमा गण्डकी र संघ सरकार हुँदा दुवैतिर जग राख्नेदेखि राष्ट्रिय महत्वका योजना सुरु भएको बताउनुभयको थियो।

‘बीचमा नामको मात्र दुई तिहाई को सरकार ढल्यो, सँगसँगै हाम्रा योजना पनि रोकिए । अबको चुनावपछि हाम्रो बहुमतको सरकार बन्छ समृद्ध नेपाल सुखी नेपाली बनाउन आत्म विश्वास का लाग्नेछ  नेकपा एमाले देश विकासको निम्ति अर्जुन दृष्टि राख्ने पार्टी हो  नेकपा एमाले ले देस बिकास र निर्माणको बाटोमा एक ढिक्का भै   पार्टीले अगाडी सारेका विकासका योजना र नीतिहरु नै जितका आधारमा काम गर्ने बताउनुभयो  ।

पोखरा १६ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटीले आयोजना गरेको घरदैलो कार्यक्रम मा एमाले पार्टी नयाँ सोच, विचार र एजेन्डा सहित चुनावी मैदानमा उत्रिएकाले गण्डकीमा नेकपा एमालेले नै सरकार बनाउने दाबी गर्दै भन्नुभयो प्रदेशमा उत्कृष्ट नीति ऐन बनाउने र स्देशमै रोजगारीको अवसर सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको खाका एमाले सँग मात्र भएको बताउनुभयो ।

घरदैलो कार्यक्रममा जनताको उत्साह जाँगर र एमाले पार्टी प्रति को बिस्वास अनि आकर्षण धेरै जनताको रहेको हुनाले जनताहरुले नेकपा एमाले प्रति गरेको अगाध प्रेम स्नेह नै हाम्रो विजयको आधार हो भन्नुहुँदै जनता सामु आफ्नो अमुल्य मत सुर्य मा माग्नु भयको थियो।

– प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज