युनाइटेड पोखरा क्लवद्धारा पोखरा भलिबलकप -२०७९ प्रतियोगिता को आयोजना

युनाइटेड पोखरा क्लवद्धारा पोखरा भलिबलकप -२०७९ प्रतियोगिता को आयोजना

परिबर्तन न्युज
१६ मंसिर २०७९ बजे
परिबर्तन न्युज
१६ मंसिर २०७९

मंसिर १६ , पोखरा

आज युनाइटेड पोखरा क्लवद्धारा आयोजित युनाइटेड पोखरा भलिबल प्रतियोगिता २०७९ को जानकारी दिनको लागि पोखरा महानगरपालिका लामाचौर नाङलो किचन एण्ड रेष्टुरेन्ट मा पत्रकार सम्मेलन गरेर जानकारी गरायो।

Advertisement:Ad

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” युनाइटेड पोखरा भलिबल कप २०७९ यही मिति २०७९ मंसिर २२ देखि २५ गते सम्म छन्त्याल समाज नदिपुर मा हुदैछ सम्पूर्ण खेलाडी एवं दर्शक ज्यू हरु लाई  पहिलो दिन निसुल्क प्रवेश र भोलिपल्ट बाट १००/- राखेको र प्रत्येक पुरुष टिमलाइ ६५००/- र महिला टिम लाइ ४०००/- राखेको जानकारी गराएको थियो।

कार्यक्रम संचालन शरण विकले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष अनिल गुरुङले गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथि समाजसेवी खेलकुद प्रेमी युवा व्यक्तित्व सबिन जिसीले गर्नुभएको सो कार्यक्रम भव्य र सभ्य रुपले सम्पन्न भएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज