Worldlink Communications

जि.स.स.महासंघ गण्डकी समन्वय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जि.स.स.का जन प्रतिनिधिलाई अभिमुखिकरण

चैत्र ७ ,पोखरा

जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका जि .स .स .पदाधिकारी र सदस्यहरूको लागि आयोजित एक दिने अभिमुखिकरण तालिम आज मगलबार पोखरामा सम्पन्न भएको छ।

अभिमुखिकरण कार्यक्रमको समुद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्नुभएको थियो । कार्यक्रम को उद्घघाटन गर्दै  मुख्यमन्त्री अधिकारीले तीन तहका सरकार बिच समन्वय गर्ने उद्देश्यले स्थापित जिल्ला समन्वय समितिलाइ संविधानले दिएका दायरा भित्र रहि प्रभावकारी काम गर्न अभिमुखिकरण फलदायी हुने बताउनुभएको थियो ।

अधिकारीले प्रदेश सरकारले समन्वय समितिका काम प्रभाबकारी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कानुन निर्माण लगायतका बिषयमा सरकार सक्रियता पुर्बक लाग्ने बताउनु भयो। जिल्ला समन्वय समिती महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाधर पौडेलले अनुगमन र समन्वयका हरेेक काम प्रभावकारी रूपले सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने विश्वास का साथ यस अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको भन्दै यस कार्यक्रमले सबैलाइ आफ्नो कार्यक्रम सम्पन्न गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएकाे थियो।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिब रबिलाल पन्थले समन्वय को संरचना जिबन्त र कार्य बाताबरण सहज बनाउनको लागि विभिन्न समयमा  यस प्रकारका महत्वपूर्ण अभिमुखिकरण  कार्यक्रम आबश्यक हुने बताउनुभयो।” जिल्ला समन्वय समितिको अधिकार ,भूमिका र जिम्मेवारी ” बिषयक एक दिने अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारका पूर्ब मुख्य सचिब सोमलाल सुबेदी र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहजीकरण गर्नु भएको थियो।

कार्यक्रमको पहिलो चरणमा गण्डकी प्रदेशका एघार जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख ,उप प्रमुख र दुई जना सदस्य गरि करिब ५० जनाको सहभागिता रहेको जनाइएको छ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको संचालन प्रतिष्ठानका शाखा अधिकृत बाबुराम न्यौपानेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: