Worldlink Communications

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

बैशाख १५,पोखरा

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको छ  । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो उहाँको सपथ भने आज हुँदै ।

दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नेपालको संविधानको  धारा १३८ को उपधारा २ बमोजिम सुरेन्द्रराज पाण्डेलाई मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।गोरखा जिल्ला क्षेत्र  न. २ (२) बाट बिजयि प्रदेश सभा सदस्य सुरेन्द्रराज पाण्डे नेपाली कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादी को समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।

वैखाख १२ गते प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: