Worldlink Communications

सातौं खुल्ला स्नुकर प्रतियोगिता बैशाख ३० गते देखि जेठ ६ सम्म हुने

बैशाख ३०, पोखरा

कास्की जिल्ला सातौं खुल्ला स्नुकर प्रतियोगिता बैशाख ३० गते देखि जेठ ६ सम्म हुने कार्यक्रमको अध्यक्षता कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ का अध्यक्ष सागर कुमार साई (दिलिप)ले गर्नुभएको सो कार्यक्रम को प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय प्रकाश बरालले गर्नुभएको थियो।

आजैदेखि सुरु भएको खेलको उदघाटन गण्डकी प्रदेशका माननिय प्रकाश बरालले कोर्टको रिबन काटेर गर्नुभएपछि लगत्तै सुरु भएको थियो प्रमुख अतिथिको मन्तव् दिदै  माननीय प्रकाश बरालले यो खेललाइ सबैले अपनत्व लिनुपर्छ यस खेल लाई अघि बढाउनको लागि गण्डकी प्रदेशले के गर्नुपर्छ त्यसको लागि योजनाबद्ध तरिकाले सस्थागत भएर आएमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा का बिषेश अतिथि पोखर महानगरपालिका वडा न.२ का अध्यक्ष दिवस मान प्रधानाङ्गले अर्को कोर्टको रिवन काटेर उद्घाटन गर्नु भएको थियो। सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै दिवस मान प्रधानाङ्गले आफ्नो वडा भित्र महत्वपूर्ण खेलको रुपमा विकास गर्दै आउनुभएका युवाहरूको ढुकढुकी यो खेललाई आफुले सम्मान गर्ने र आगामी दिनमा प्रस्तुत हुन लागेको बजेटमा उल्लेख गरि रातो बुकमा योजनाबद्ध विकास गर्दै लैजाने प्याकेजको रुपमा आयमा आफूले सक्दो सहयोग गर्ने बताउनुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ का प्रथम उपाध्यक्ष रामजी सुनारले गर्नुभएको थियो। कार्यक्रम लाइ भब्य र सभ्य बनाउन को लागि कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ का महासचिब सबिन जि .सी ले सन्चालन गर्नु भएको थियो।

प्रतियोगिता २०८० बैशाख ३० गते देखि जेष्ठ ६ गते सम्म कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ मा आबध्द तोकिएको क्लबहरुको प्राङगणमा हुने भएकोले सबै खेलाडी हरु ले टाइसिट अनुसार तर क्लब समयमा नै जान पनि अनुुुरोध गरिएको छ ।

प्रतियोगिता मा १०६ जना खेलाडीहरू ले भाग लिनुहुने भएको छ।प्रतियोगिता मा ~प्रथम हुने खेलाडी ले रु ७०,०००/-(सत्तरी हजार) नगद ,शिल्ड, प्रमाण पत्र, ~दितृय हुने खेलाडी ले रु ३५०००/-( पैंतीस हजार) नगद शिल्ड, प्रमाण पत्र,~ तृतीय हुने खेलाडी ले रु १००००/- ( दश हजार) नगद, शिल्ड , प्रमाण पत्र प्राप्त गर्नु हुनेछ। ~५० ओभर हाइएष्ट ब्रेक गर्ने खेलाडी ले रु ५०००/-( पाँच हजार) नगद ,क्यु ( स्टिक) प्राप्त गर्ने छ भने प्रतियोगिता सम्पन्न गर्न तिन लाख पचास हजार खर्च हुने अनुमान गरिएको आयोजक ले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्: