Worldlink Communications

गण्डकी प्रदेश द्वारा आयोजित ट्राफिक सप्ताह कार्यक्रम सफल ~ पुस्पेन्द्र पाण्डे

बैशाख ३१, पोखरा

सडक सुरक्षा सबैको रक्षा, Safe drive long life सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणको लागी ट्राफिक सप्ताह २०८०- १-२५ देखि ३१ सम्म को कार्यक्रम भव्य र सभ्य रुपले सम्पन्न गरेको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकै पटक हुन लागेको ट्राफिक सप्ताह कार्यक्रम को आयोजना गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा को सहकार्य तथा  गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला तथा जिल्ला भित्र रहेका महानगर पालिका, नगरपालिका, गाउँ पालिका तथा तत जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू को  आयोजनामा भएको सात दिने ट्राफिक सप्ताहव्यापी कार्यक्रमको आज अन्तिम दिन पोखरा १९ लामाचौर ले पनि भव्य र सभ्य रुपले गरेको जानकारी दिँदै समीक्षात्मक कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर १९ को कार्यालयमा सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक होमनाथ ढकालले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता पुस्पे्द्र पाण्डेले गर्नुभएको थियो भने अतिथि हरुमा जनप्रतिनिधिहरु क्रमशः बिकास कुमार आचार्य , नवराज के सी , कल्पना सुनार लगायत विभिन्न टोलसुधार समितिका अध्यक्ष हरु, आमा समूहका अध्यक्षहरु, समाजसेवी अरूको उपस्थितिको बीच कार्यक्रम भव्य र सभ्य बनाउनको लागि पोखरा महानगर पालिका वडा नम्बर १९  का सचिव श्री श्रीराम पौडेलले कार्यक्रम सञ्चलन गर्नुभएको थियो ।

प्रमुख अतिथि को भनाई राख्दै वडाध्यक्ष पुस्पेन्द्र पाण्डेले हामी सबैले ट्राफिक नियम पालना गर्नुपर्छ भन्दाभन्दै जान्दाजान्दै पनि कहिलेकाहीं विभिन्न दुखद घटना घट्ने गरेको छ जुन आफैंमा ज्यादै भयानक र कहालीलाग्दो हुन्छ भन्नुभयो।

कहिलेकाहीँ म जान्नेछु भन्दाभन्दै घटना घटने भएको बताउँदै घटना बाजा बजाएर नआउने भएकोले सबै सचेत र सजग भई ध्यान दिइ सवारी चलाउनु पर्ने जानकारी दिनुभएको थियो‌ ।

ट्राफिक नियम भनेको बाटोमा  पैदल हिड्नेहरु को लागि पनि भएको हुनाले पैदल यात्रुले पनि ट्राफिक नियम बुझ्न जरुरी छ भन्नुभयो। जनप्रतिनिधि को तर्फबाट कल्पना सुनारले समय अनुसार सबै ले  सबै कुराहरु बुझ्नु पर्ने भएसँगै हामि सबैले ट्राफिक नियम पनि बुझनुपर्ने बताउनुभयो। कल्पना सुनारले ट्राफिक सप्ताह गर्नाले केही मान्छेहरू शिक्षित भएको बताउनुभयो।

सस्थाहरु को तर्फबाट गैरिखोर टोल विकास संस्था को तर्फबाट बोल्दै गैरिखोर टोल बिकास संस्थाका चन्द्रबहादुर गुरुङले ट्राफिक नियम हरेक व्यक्तिहरू ले जान्नु पर्ने  विषय भएको बताउनुभयको थियो।  बास्तविकता धरातलमा उभिएर ट्राफिकले मलाइ  ट्राफिक शिक्षा दिएको हो मैले नियम नमानेपछि मलाइ कारवाही गरेको हो भन्ने विषयमा सबैले छताछुल्ल थाहा पाउन को लागि पनि ट्राफिक शिक्षा आवश्यक पर्छ भन्नु भयो।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका जिल्ला प्रहरी ट्राफिक कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक होमनाथ ढकाल ले ट्राफिक नियम के हो ?के गर्न पाइन्छ ? के के गर्न पाइदैन भन्ने  विषयहरूको बारेमा सबैलाई सुरक्षा मेरो लागि हो भन्ने जस्ता चेतना मुलक जानकारी मुलक आफ्नो मन्तव्य राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: