Top Header Ad 1

रास्ट्रिय जनमोर्चाको मेची-महाकाली अभियान पोखरामा सम्पन्न

रास्ट्रिय जनमोर्चाको मेची-महाकाली अभियान पोखरामा सम्पन्न

परिबर्तन न्युज
२ जेष्ठ २०८० बजे
परिबर्तन न्युज
२ जेष्ठ २०८०

जेठ २, पोखरा

राष्ट्रिय जनमाेर्चाले `गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं , संघीयताकाे खारेज गराैं ´र अमेरिकी साम्राज्यवादको बिरुद्द मेची महाकाली अभियान अन्तरगर्त टोलिले आज कास्कीको पोखरामा सम्पन्न गरेको छ ।

Advertisement:Ad

पोखराको पृथ्वी चोकमा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले सभालाई सम्बोधन गर्नु भयाे । त्यस्तै गरि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य शंकर बराल केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले पनि सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा राजमो केन्द्रीय सदस्य सदस्य गौरीश्वर पान्डे , राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार अमर थापा ,अखिल नेपाल ब्यापार संघ केन्द्रीय महासचिव सन्तोष पौडेल, अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य नाम बहादुर बाठा मगर ,अखिल( छैठौ ) केन्द्रीय सदस्य सोमनाथ अधिकारी , जनजाति सम्म्लेनका गण्डकी प्रदेश सदस्य डम्बरबहादुर थापा, जातिय समता समाजका केन्द्रीय बिस्णु बिक लगायत का ब्यक्तित्वहरुले कार्यक्रमलाइ सम्बोधन गर्नु भएको थियो।

कार्यक्रम को अध्यक्षता कास्की जिल्ला अध्यक्ष रबि मोहन ढकालले गर्नुभएको थियो भने कार्यक्रम लाइ भब्य र सभ्य रुपले संचालन अखिल ( छैठौ ) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज