Worldlink Communications

“एक वडा एक उत्पादन” कार्यक्रम अन्तर्गत पोखरा १६ मौरी पकेट क्षेत्र भित्र

जेठ ५,पोखरा

पोखरा महानगर पालिकाको “एक वडा एक उत्पादन” कार्यक्रम अन्तर्गत पोखरा १६ लाई मौरी पकेट क्षेत्रका रुपमा लिई मौरी पालक किसानहरुलाई मौरी घार वितरण गरिएको छ।

हिजो ४ गते भएको वडा कृषि सञ्जालको कार्यक्रम को अध्यक्षता कृषि सञ्जालका अध्यक्ष  जित बहादुर बस्नेतले गर्नु भएको सो कार्यक्रमको प्रमुख अतिथि कृषि विज्ञ बेनि बहादुर बस्नेत  हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन बडा कृषि सञ्जालका सचिव मनु बस्नेत गर्नुभएको थियो।

भनेमौरी पालक किसानहरू लाइ निर बहादुर बानिया ले फरक-फरक स्थानमा लगातार दुई दिन सम्म ८५ जना किसान लाइ मौरी पालन सम्बन्धि आवश्यक तालिम दिनुभएको थियो। बैशाख २९ र जेष्ठ ४ गते गरि करिब १९२ किसानहरु लाई आवश्यक मौरी पालन का सामग्री सहितका मौरी घार ५० % अनुदान सहुलियतमा बितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।

बितरित घारहरु मध्य १ महिना भित्र चरम लापरबाही बाहेक अन्य प्राबिधिक कारणले मौरी मर्ने वा घार छाडि भाग्ने अवस्था भएमा पुनः मौरी राखिदिने तथा १ बर्ष सम्मको निशुल्क प्राबिधिक सहयोग उपलब्ध हुने ब्यवस्था प्रशिक्षक तथा बितरक नीर बहादुर बाँनियाले बताउनुभयो।

मह उत्पादनमा बृद्दि गरि पोखरा १६ लाई महमा आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रमा ब्यवसायिकरण गर्नका लागि यस कार्यक्रम कोसेढुंगा साबित हुने अपेक्षाको साथ सहभागी किसानहरुलाइ प्रदान गरिएका सामाग्रीहरु ले कृषकहरुमा हौसला प्रदान गरेको विषयलाई प्रमुख अतिथि कृषि बिज्ञ बेनी बाहादुर बस्नेत र पोखरा महानगर पालिका वडा नं.१६ का अध्यक्ष अमृत तिमिल्सिना लगायत जनप्रतिनिधि सबै ले कृषि माहशाखा प्रति  हार्दिक धन्यवाद सहित आभार प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: