Top Header Ad 1

महामारीको लागि पूर्ण तयारीमा रहन जि. स .स. कास्की प्रमुख पौडेलको आग्रह 

महामारीको लागि पूर्ण तयारीमा रहन जि. स .स. कास्की प्रमुख पौडेलको आग्रह 

परिबर्तन न्युज
११ असार २०८० बजे
परिबर्तन न्युज
११ असार २०८०

असार ११, पोखरा

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संभाबित महामारीको क्षतिलाइ न्यूनीकरण गर्न पूर्ण तयारी अबस्थामा रहन कास्कीस्थित सरकारी निकायहरूलाइ आग्रह गर्नुभएको छ।

Advertisement:Ad

पौडेलले द्रुत प्रतिकार्य समूह( Rapid Response Team) परिचालन सम्बन्धि जिल्ला स्तरिय महामारीको बहुनिकाय समन्वय बैठकको अध्यक्षता गर्दै महामारीको कुनै समय नहुने र सम्भाबित क्षती कम गर्न पूर्ण तयारी आबश्यक भएकोले महामारी पछि मात्रै समाधानका उपाय खोज्ने प्रथाको अन्त्य गर्नुपर्ने बताउनुभएको हो।

प्रकोप र जनस्वास्थसंग सम्बन्धित बिषय जनताको जीबन सङ्ग प्रत्यक्ष सरोकार राख्ने हुँदा जीवन सुरक्षा पहिलो शर्तको रूपमा लिन आग्रह गर्नुभयो। पौडेलले जिल्लाका विभिन्न स्थानमा पशुमा लम्की स्किन रोगको महामारीका कारण कृषि उद्धमीहरूले आर्थिक नोक्सानी ब्यहोर्नु परेकोले समयमै नियन्त्रणमा लिने ब्यबस्था तत्काल मिलाउन स्थानिय तह सहित प्रदेश र संघीय सरकारलाई आग्रह गर्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले महामारीको सामनाका लागि स्पस्ट योजना र कार्यान्वयनको रूपरेखा सहित तयारी अबस्थामा रहन जिल्ला स्थित सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभयो ।

कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले कास्किमा देखिएका स्वास्थसंग सम्बन्धित संभाबित महामारीहरूका बारेमा चर्चा गर्दै महामारीबाट कम क्षती हुने बैज्ञानिक तयारी हुनुपर्ने उल्लेख गर्नु भयो।

जिल्ला स्वास्थ कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले तयारी र योजनाको बारेमा प्रकाश पार्नुभएको थियो।कार्यक्रममा कास्कीका पाँच ओटै स्थानिय तहका स्वास्थ शाखा प्रमुख र सरोकारवाला निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज