Top Header Ad 1

डेङ्गुबाट हालसम्म देशभर २१ हजार दुई सय छ सङ्क्रमित भएको -पुष्टि

डेङ्गुबाट हालसम्म देशभर २१ हजार दुई सय छ सङ्क्रमित भएको -पुष्टि

परिबर्तन न्युज
१६ भाद्र २०८० बजे
परिबर्तन न्युज
१६ भाद्र २०८०

भदौ १६ ,काठमाडौं

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ ।हालसम्म देशभर डेङ्गुबाट सङ्क्रमित २१ हजार दुई सय छ जनामा पुष्टि भएको बताएको  छ ।

Advertisement:Ad

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेङ्गु सङ्क्रमण दैनिकरूपमा बढेको बताउनुभयको थियो।आजसम्म        डेङ्गुबाट सङ्क्रमण भइ १३ जनाको निधन भएको छ भने डेङ्गु नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा देखिएको थियो ।

महाशाखाका अनुसार सुनसरी जिल्मालामा  ११ हजार छ सय ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौँमा चार सय २७, धनकुटामा तीन सय ३६, सङ्खुवा सभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेङ्गुका बिरामी भेटिएका बताएको छ ।

महाशाखाका अनुसार डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले टोकेपछि डेङ्गु लाग्ने भयको हुनाले सर्बसाधारण सबैले लामो बहुला भएको कपडा लगाउने ,पानि जम्ने ठाउमाटोले पुरिदिने ,पानि जम्न नदिने ,झुल टासेर मात्र सुत्ने  सुजाएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज