Top Header Ad 1

भाद्र २० गते हुने कृष्ण भजनको तयारी तिब्र – प्रथम हुने टिमलाई नगद १ लाख पुरस्कार

भाद्र २० गते हुने कृष्ण भजनको तयारी तिब्र – प्रथम हुने टिमलाई नगद १ लाख पुरस्कार

परिबर्तन न्युज
१७ भाद्र २०८० बजे
परिबर्तन न्युज
१७ भाद्र २०८०

भदौं  १७,पोखरा

पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्ने खुल्ला कृष्ण भजन प्रतियोगिताको तयारी तिब्र गतिमा अगाडी बढेको  छ ।

Advertisement:Ad

वि.सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले बिगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत तिन बर्ष सम्म कोभिड महामारीका कारणले रोकिएकोमा यस वर्षदेखि पुन संचालन गर्न लागिएको र कार्यक्रमको अन्तिम तयारीको लागि आन्तरिक वाहेक सवै अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष -हरि वरुवालले जानकारी दिनुभयो ।

भाद्र २० गते पोखरा महानगर पालिका वडा न. १६ वाटुलेचौर मैदानमा गरिने प्रतियोगितालाई भव्य र व्यवस्थित वनाउन कुनै कसर वाकी नराखिएको संयोजक दुर्गादेवी वस्नेतले वताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागी गठित विभिन्न उपसमितिले आआफना जिम्माका कामलाई तिव्रता दिएको  सचिब दिपेन्द्र  बानियाले बताउनु भयो ।प्रतियोगिताका लागी आर्थिक संकलनको कार्यलाइ तिव्र पारिनुका साथै विभिन्न व्यवसायिक घराना तथा संघ संस्थाले धार्मिक संस्कृति जर्गेनाका लागी सहयोग गरेको आथिर्क उपसमितिका संयोजक कुल व. खत्रीले वताउनु भयो ।

प्रतियोगितामा सहभागिताको आव्हान सहित पोखराका विभिन्न वडाहरुमा पुगी घरदैलो अभियानलाई पनि तिव्र पारिएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिनुभयो । प्रतियोगितामा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, पाल्पा लगायतका जिल्लावाट पनि भजन टोली सहभागी हुने वताईएको छ । हालसम्म विभिन्न जिल्लाका १२ टोलीले सहभागिताको लागी नाम दर्ता गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलिले नगद १ लाख, दितियले ७५ हजार, तृतियले ५० हजार, सान्त्वना हुने टोलीलाई २५ हजार र सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरिने सचिव दिपेन्द्र वाँनियाले जानकारी दिनुभयो ।

व्यवस्थित रुपमा सम्पन्न गर्न प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी वस्नेतको संयोजकत्वमा मुल आयोजक समिति, अध्यक्ष हरि वहादुर वरुवालको अध्यक्षतामा कार्य सम्पादन समिति र विभिन्न १० वटा उपसमिति गठन गरिएको छ । भगवान श्रीकृष्णको महिमा र लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिलाई वचाई राख्ने उद्देस्यले प्रतियोगितालाई निरन्तरता दिईएको संयोजक वस्नेतले वताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने वताईएको छ । सो रकमका लागी विभिन्न संघ संस्थासँग समन्वय गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज