पुष्पलाल मध्यपहाडी राजमार्ग पिडित संर्घष समिति द्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश

पुष्पलाल मध्यपहाडी राजमार्ग पिडित संर्घष समिति द्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश

परिबर्तन न्युज
१७ भाद्र २०८० बजे
परिबर्तन न्युज
१७ भाद्र २०८०

भदौं  १७, पोखरा

पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा १६/१९को रेखांकन परिवर्तन गर्न माग राखी आन्दोलन गरिरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना का कारणले बनेको  पिडित संर्घष समितिले गण्डकी प्रदेशका मुखयमन्त्री सुरेन्द्र पाण्डे समक्ष ज्ञापन पत्र बुझाएको  छ ।

Advertisement:Ad

पटक पटक फरकफरकतरिकाले आन्दोलन गर्दा पनि आफ्ना मागमा सुनुवाई नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको समितिका अध्यक्ष गोविन्द वहादुर वस्नेतले जानकारी दिनुभयो ।

ज्ञापनपत्र वुझ्दै मुख्यमन्त्री पाण्डेले पिडितका मागप्रति आफु सकारात्मक रहेको वताउँदै, मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने वताउनु भयो । उहाँले प्रदेश सरकारले यस विषयमा निर्णय गर्न नमिल्ने स्पष्ट पार्दै , जनतालाई समस्या पार्ने गरी कुनै काम गर्न नहुने वताउनु भयो ।

ज्ञापनपत्र वुझाँउदै समितिका अध्यक्ष वस्नेतले सोही रेखांकन अनुरुप काम शुरु भएमा पोखरा १६ र १९का करिव ३ सय घरधुरी उठिवास लाग्ने, प्राकृतिक गुफाको रुपमा विश्वभर परिचित महेन्द्र र चमेरे गुफा संकटमा पर्ने तथा सरकारी र निजी विद्यालय नै मासिने स्पष्ट पार्नुभयो ।

ज्ञापनपत्रमा पोखरा १६/१९को गलत रेखांकन हटाउने काम गरी विकल्पको व्यवस्थापन तर्फ लगिएमा लामो समय देखि अनाहकमा मानसिक पिडा खेप्दै सर्घषरत स्थानिय पिडितहरुले न्याय पाउने र पिडा मुक्त हुने तथा यो क्षेत्रका विविध राष्टिय समपदाको दिगो संरक्षणको सुनिश्चीतता हुने भनिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै