पोखरा १६ को सी.आर.भी.लामाचौरले करिब २०० गाँजाको बूटाहरु काटयो

पोखरा १६ को सी.आर.भी.लामाचौरले करिब २०० गाँजाको बूटाहरु काटयो

परिबर्तन न्युज
२५ भाद्र २०८० बजे
परिबर्तन न्युज
२५ भाद्र २०८०

भदौ २५ ,पोखरा

आज पोखरा महानगरपालिका वडा नम्बर १६  मा रहेको बानिया थरमा करिब २०० गाँजाको बूटाहरु कटानी गरिएको छ। 

Advertisement:Ad

गाँजाको बूटाहरु कटानी गर्न  बगर प्रहरी कार्यालयका  प्रहरी निरीक्षक बोधराज रेग्मी, सी. आर .भी. लामाचौर का गौतम श्रेष्ठ , नव आदर्श क्लव का अध्यक्ष स्वागत सिंह भण्डारी , वडा नम्बर १६  का जनप्रतिनिधि मन्जु नेपाली बस्याल ,जाल्पादेवी समुदायिक महिला बिकास समितिकाअध्यक्ष मञ्जु बानिया ,स्थानीय आमा समूहका अध्यक्षहरु, बिभिन्न सघसस्था समाजसेवी ब्याक्तीत्व लगायत को अग्रसरता मा २०० भन्दा बढी ठुला ठुला  गाजाका बोट हरु कटान गरिएको हो।

सी. आर .भी. लामाचौर को टिम घुम्दै जाने क्रममा  बानिया थर शान्ति पथ नजिकैको खेत भित्र हरियो के रहेछ भनेर बुझ्दै जाँदा सजिलै बाहिर बाट हेर्दा कसैको पनि आँखा नपर्ने ठाउँमा विगत केहि वर्षदेखिनै गाजाको बोट जस्तो देेेेेखिए पनि अहिले मात्र प्रहरीको आँखामा परेको हुनाले ति ठुला ठुला  गाँजाका रूखहरू काटिएको बगरका प्रहरी निरीक्षक बोधराज रेग्मीले बताउनु भयो ।

स्थानिएका अनुसार केहि वर्ष अघि देखि सामान्यतय त्यस ठाउँ वरपर ८\९  वर्षका केटाकेटीदेखि ४०\५० वर्ष सम्मका व्यक्तिहरु बेलाबेलामा  जमघट किन भएको होलान भन्ने लागेको थियो तर आज आएर थाहा भयो त्यहाँ के हुँदो रहेछ भनेर ! सी.आर.भी. लामाचौरले खेत भित्र हरियो के रहेछ भनेर बुझ्दै जाँदा बास्तबिकता त्यस्तो देखेपछी गाँजाका बोटहरु काटेको थियो ।

काटेको गाँजालाई लामाचौरमा रहेको सि.आर.भि. सम्म ट्याक्टरमा ल्याएर राखिएको छ भने त्यसलाई २/४ दिनपछि  बिभिन्न राजनीतक पार्टीका ,बिभिन्न सघसंस्थाका प्रतिनिधी र पत्रकार बोलाएर नष्ट गर्ने लामाचौर सि.आर.भि. का प्रमुख गौतम श्रेष्ठ ले जानकारी दिनुभयो ।

गाँजाका बोटहरु फडानि भएको सम्बन्धित व्यक्तित्वहरु लाई भोलिनै  कार्यालयमा बोलाएर आगामी दिनमा यस किसिमका लागुपदार्थ जन्य बोटबिरुवा हुर्काउन लगाएको वा हुर्काएको पाइएमा कानुनबमोजिम कारबाही गरिने शर्तनामाको कागज गराउने सर्तमा सबै गाँजाका बोटहरु काटी ट्याक्टरमा राखी  सी.आर.भि. लामाचौर मा राखिएको बगरका प्रहरी प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै