Top Header Ad 1

भोलि बिहिबार सरकारले सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने

भोलि बिहिबार सरकारले सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने

परिबर्तन न्युज
२७ भाद्र २०८० बजे
परिबर्तन न्युज
२७ भाद्र २०८०

भदौ २७, काठमाडौं

गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार सार्वजनिक बिदा हुने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जानकारी दिएको छ ।

Advertisement:Ad

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित रुपमा भएको निधनको शोकमा सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ भने राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधनमा अन्तिम सम्मान शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकार कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको ।

स्वर्गीय सुवास चन्द्र नेम्वाङको अन्तिम संस्कार यही मिति २०८० साल भर्दौ २८ गते बिहीबार हुने भएकाले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा सार्वजनिक विदा बिदा हुने गृहमन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज