Top Header Ad 1

दुर्लभ हुँदै गएको “इलाभेन ए साइड” नकआउट फुटबल प्रतियोगिता गर्दै -एल सी ब्रदर्श युनाइटेड पोखरा १९

दुर्लभ हुँदै गएको “इलाभेन ए साइड” नकआउट फुटबल प्रतियोगिता गर्दै -एल सी ब्रदर्श युनाइटेड पोखरा १९

परिबर्तन न्युज
१९ कार्तिक २०८० बजे
परिबर्तन न्युज
१९ कार्तिक २०८०

कार्तिक १९, पोखरा

एल सी ब्रदर्श युनाइटेड पोखरा १९ ले लामाचौर कप फुटबल प्रतियोगिता २०८० आज कार्तिक १९ गते बाट लामाचौर को गोस्ते फुटबल ग्राउन्डमा शुरु गरेको छ।

Advertisement:Ad

एल सी ब्रदर्श युनाइटेडका अध्यक्ष शंकर केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न.१९ का अध्यक्ष पुस्पेन्द्र पाण्डे हुनुहुन्थ्यो भने विशेष अतिथि बाबुराम आचार्य हुनुहुन्थ्यो। अतिथिहरुमा कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष उज्ज्वल रंजित, समाजसेवी तथा शैक्षिक व्यक्तित्वहरू सुरेन्द्र मानसिंह भण्डारी ,नविन भण्डारी, बुद्धि भण्डारी लगायत विभिन्न पार्टीका प्रतिनिधि एबम जनप्रतिनिधिहरूको बाक्लो उपस्थितिमा भएको आजको उद्घघाटनको कार्यक्रम संचालन संस्थाका सचिव सुनिल थापाले गर्नुभएको थियो।

खेल जगतमा क्रेज हराउँदै गएको हो कि भन्ने समयमा इलाभेन ए साइड खेललाई प्रमोट गर्नको लागि र स्थानीयस्तरमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिन्छ कि भन्ने उद्देश्यका साथ आयोजना गरिएको यस नकआउट फुटबल खेल प्रतियोगितामा १४ वटा टिमले भाग लिएका छन् ।

आकर्षक धनराशीको पुरस्कार राखेर हराउनै लागेको “इलाभेन ए साइड” नकआउट फुटबल प्रतियोगिता राखेको एल. सी. ब्रदर्श लामाचौर ले प्रथम पुरस्कार दुइ लाख राखेको छ भने दोस्रो पुरस्कार एक लाख राखेको छ जसमा प्रथम पुरस्कारको प्रायोजक अमेरिका मा बस्दै आउनुभएका सुदिप गुरुङ ले गर्नुभएको जानकारी सस्थाका सचिब सुनिल थापाले उच्च सम्मानका साथ सम्झना चाहान्छु भन्नु भएको थियो ।

आज कार्तिक १९ गते बाट सुरु भएर २५ गते फाइनल गेम हुने बताइएको नकआउट फुटबल प्रतियोगितामा प्रवेश शुल्क दस हजार लिइएको छ।  फुटबल खेलमा राष्ट्रियस्तरका खेलाडी हरुलाई मात्र प्रतियोगितामा भागलिन दिइने खुला प्रतियोगिता भएको जानकारी सस्थाका सचिब सुनिल थापा दिनुभएको हो।

प्रत्येक दिन चार वटा प्रतियोगि टिमले भागलिन पाउने दुइ वटा गेम खेलाउन सकिने गरी टइसीट तयार गरिएको छ । जसमा आज पहिलो खेल नेपाल प्रहरी गण्डकी र क्षेमा हाउस रत्नचोक बीच भएको खेलमा एक गोल विरुद्ध सात गोल हानेर नेपाल प्रहरी गण्डकीले जितेको छ भने दोस्रो खेल बानियाँ ब्रदर्श लामाचौर र विष्णु पादुका क्लब हेमजा बिच भएको खेलमा दुईका विरुद्ध तिन गोल हानेर बानिया ब्रदर्श लामाचौर ले जितेको छ।

भोली २० गते  हुने खेलमा शितलादेवी युवा क्लब र आयोजक टिम एल. सि. ब्रदर्श युनाइटेड बिच हुनेछ भने दोस्रो खेल संगम क्लब सगम टोल -१६ र आदर्श युवा क्लब भण्डारढिक सैनिक बस्ती बिच हुनेछ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज