Top Header Ad 1

जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि को २३औं वार्षिक साधारण सभा सम्पन्न

जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि को २३औं वार्षिक साधारण सभा सम्पन्न

परिबर्तन न्युज
१६ मंसिर २०८० बजे
परिबर्तन न्युज
१६ मंसिर २०८०

मंसिर १६ , पोखरा

जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो २३औं वार्षिक साधारणसभा आज पोखरा महानगरपालिका वडा न.१६ को मझेरी पार्टी प्यालेसमा भव्य र सभ्य रुपले सम्पन्न गरेको छ।

Advertisement:Ad

संस्थाका अध्यक्ष नवीन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. १६ का वडाध्यक्ष अमृत तिमिल्सिना को आतिथ्यता र विशेष अतिथि पोखरा महानगरपालिका वडा न. १९ का वडा अध्यक्ष पुस्पे्द्र पाण्डेको आथित्यता सगै पोखरा १६ र १९ का सहकारी लगायत विभिन्न संघसंस्थाका अध्यक्ष वा प्रतिनिधिहरूको आतिथ्यतामा भएको सो कार्यक्रम संस्थाका सचिव बुद्धिबहादुर खत्री क्षेत्रीले सब्य र भब्य रुपले सञ्चालन गर्नुभएको थियो।

प्रमुख अतिथि अमृत तिमिल्सिना र विशेष अतिथि पुस्पे्द्र पाण्डेले एकैचोटी पानसमा बत्ती बालेर कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो। संस्थाका अध्यक्ष नवीन भण्डारीले उपस्थित सब लाई स्वागत गर्दै आफ्नो अध्यक्षिय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रमुख अतिथि र विशेष अतिथिले सहकारीको मूल्यमान्यता र मर्म अनुसार चलेका संस्थाहरु कहीँ कतै केही नहुने बताउनुभएको थियो। हामिले पैसा जम्मा गर्दा ब्याज बढी खाने सोचले नजिकैका दाजुभाईहरु को सहकारी भन्दा अलि परको सहकारीले ब्याज धेरै दिने भएको र ब्याजको लोभले गर्दा हेर्दाहेर्दै  नजिकैको दाजुभाइ हरु पनि डुबेको देखिएको हुनाले बुझेर मात्रै संस्थामा पैसा जम्मा गर्नुहुन अनुरोध गर्नुभएको थियो।

अध्यक्ष नविन भण्डारीले संस्थाका जेष्ठ वचत नागरिक र विभिन्न विधामा काम गर्नुभएका व्यक्तित्व लाई सम्मान गरेको यस सस्थाले आगामी दिनमा संस्थालाई अझै राम्रो बनाइ अगाडी बढाउनको लागि सहकारीका सात सिद्धान्तहरु भित्र बसेर गण्डकी प्रदेश कै पहिलो सहकारीको रुपमा उभ्याउने किसिमले जय मनकामना को टिम अगाडि बढिरहेको जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज