बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयन सम्बन्धमा कास्की जिल्ला स्तरिय कार्यशाला

बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयन सम्बन्धमा कास्की जिल्ला स्तरिय कार्यशाला

परिबर्तन न्युज
२७ मंसिर २०८० बजे
परिबर्तन न्युज
२७ मंसिर २०८०

मंसिर २६ , पोखरा

जिल्ला समन्वय समिती कास्की र राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयन सम्बन्धमा कास्की जिल्ला स्तरिय एक दिने कार्यशाला पोखरामा सम्पन्न भएको छ।

Advertisement:Ad

कार्यशालाको जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।

पौडेलले बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयनमा हरतरहले लाग्दै पूर्ण कार्यान्वयन गर्न कास्कीका सबै पालिकाहरूलाइ आग्रह गर्नुभयो।

बाल अधिकारको कार्यान्वयनको बिषय कास्कीमा गम्भीर र जटिल हुदै गएको बिभिन्न अध्ययनले देखाएको हुँदा अबका कार्यक्रम बालमैत्री पालिका बनाउने गरि निर्माण गर्न आग्रह गर्दै पौडेलले सो क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकाय थप जिम्मेवार बन्नुपर्ने बताउनु भयो।

राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका समन्वय अधिकारी बद्री वाग्लेले गण्डकी प्रदेशमा बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयनमा देखिएका चुनौती र भाबी रणनीतिका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा कास्कीका सबै पालिकाका प्रमुख ,उप प्रमुख , प्रमुख कार्यकारी अधिकृत सहित बाल अधिकार सम्बन्धि फोकल पर्सनहरू सहितका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज