Top Header Ad 1

आईतबार बेलुका सम्म १ लाख २५ हजार दर्शकहरुद्धारा महोत्सब अबलोकन

आईतबार बेलुका सम्म १ लाख २५ हजार दर्शकहरुद्धारा महोत्सब अबलोकन

परिबर्तन न्युज
९ पुष २०८० बजे
परिबर्तन न्युज
९ पुष २०८०

पुस ९ ,पोखरा

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मूल नाराका साथ विहिबारबाट लेखनाथमा सुरु भएको १९औं
संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजारदर्शकहरुले अवलोकन गरेका छन ।

Advertisement:Ad

महोत्सवको पहिलो दिन ४० हजार, दोस्रो  दिन २० हजार, तेस्रो दिन शनिबार ४० हजार र आईतबार २५ हजार गरि अहिलेसम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेको महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले जानकारी दिनुभयो। लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयूक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ३ करोडको कारोबार भएको छ ।

पहिलो दिन १ करोड, दोस्रो दिन ३० लाख, तेस्रो  दिन १ करोड र आईतबार ६० लाख गरी हालसम्म २ करोड ९० लाख बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिनुभयो।

आईतबार लोकदोहोरी कलाकार पशुपती शर्माले आफ्ना गितहरुमा दर्शकहरुलाई भव्यताका साथ् नचाउनु भएको थियो भने कृष्ण अखेली, सुनिता परियार, दिपक कार्कि, सविना गुरुङ, टेक क्षेत्री र अनिशा ग७३घढसरुङले आफ्नो प्रस्तुति राख्नु भएको थियो त्यस्तैगरि बेलुका लाईभ कन्सर्टमा दुर्गेश थापा, राजेश वर्देवा र यम नेपाली लगाएतले स्टेज तताउनु भएको  थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज