Top Header Ad 1

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

परिबर्तन न्युज
२५ चैत्र २०८० बजे
परिबर्तन न्युज
२५ चैत्र २०८०

चैत्र २५, पोखरा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी दोस्रो पटक नियुक्त हुनु भएको छ ।

Advertisement:Ad

प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उहाले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुभएको केहि समयमानै प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई संविधानको १६८(२) अनिसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

एमालेको २२ सिट, माओवादीका सभामुख सहित ८ सिट र दिपक मनाङे गरी ३१ सीट पुग्छ ।यसमा सभामुखको समेत संख्या गनिएको छ । दलको सीट संख्याका आधारमा बहुमत पुर्‍याएरको दावी पेस गरिएको दाबिलाइ आधारमानि प्रदेश प्रमुखले खगराज अधिकारीलाई मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो  ।

सुरेन्द्रराज पाण्डेले गत २१ गते राजीनामा दिएपछि नयाँ गठबन्धन को सरकार गठनको तयारी भइरहेको र चैत २७ गते ३ बजेभित्र दाबी पेस गरिसक्नुपर्ने भएअनुसार पनि मुख्यमन्त्रीको सपथ पनि आज नै गराइने तयारी भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज