Top Header Ad 1

बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान

बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान

परिबर्तन न्युज
१५ बैशाख २०८१ बजे
परिबर्तन न्युज
१५ बैशाख २०८१

बैषाख १५ , इलाम

आज शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा मतदाताको उत्साह कम देखिएको छ । इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत मतदान भएको छ भने बझाङको प्रदेश सभा १ मा ५१ प्रतिशतको हाराहारी मतदान भएको छ ।

Advertisement:Ad

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बझाङमा ५५ प्रतिशत र इलाममा ५० देखि ५१ प्रतिशत हाराहारी होला जस्तो देखिन्छ  भन्नुभयो । यद्यपि अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन । इलाममा ६० प्रतिशत पुग्छ कि भन्ने अपेक्षा गरेका छौं । अधिकांश मतदान केन्द्र खाली भइसकेका छन।

इलामका एउटा मतदान केन्द्रमा सामान्य विवाद बाहेक अन्य सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जानकारी दिनु भएको थियो  ।इलाम २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्ने बताउनु भयो ।

मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।राति १० बजेसम्म मतपेटिका सबैतिरबाट सदरमुकाम आइपुग्ने अपेक्षा गरिए अनुसार आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं भन्नुभयो  ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज