Top Header Ad 1

पोखरा जेसीजको जेसीज सप्ताह २०२४ को दोस्रो कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न

पोखरा जेसीजको जेसीज सप्ताह २०२४ को दोस्रो कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न

परिबर्तन न्युज
२७ बैशाख २०८१ बजे
परिबर्तन न्युज
२७ बैशाख २०८१

बैशाख २७,पोखरा

पोखरा जेसीजको महत्वपुर्ण कार्यक्रम जेसीज सप्ताह २०२४ को दोस्रो दिनलो महिला सशक्तिकरण तथा प्रभावकारी सार्वजनिक भाषणकला तालिम पोखरा महानगरपालिका वडा न.१० कार्यलयमा समापन  भयो ।

Advertisement:Ad

आयोजना तथा पोखरा जेसीको सहकार्य तथा व्यवस्थापनमा पोखरा महानगरपालिका वडा न. १० को वडा कार्यलयको सभाहलमा पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माको अध्यक्षता र पोखरा महानगरपालिका वडा न. १० का वडा अध्यक्ष श्री राजेश गुरूङज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

१० नम्वर वडा का बिभिन्न संघसस्थाहरूका सचिवहरूलाई लक्षित तालिममा वडा सदस्य श्री नरमाया गुरूङ ले स्वागत मन्तव्य राख्नुभएको थियो भने जेसीज सप्ताहका मुल संयोजक जेसी श्रीकृष्ण सुनार ले कार्यक्रम बारे प्रकास पार्नुभएको थियो।

तालिममा पोखरा जेसीजकाअध्यक्ष जेसी देवराज शर्मा, निवर्तमान अध्यक्ष जेसी गणेश गिरी र प्रकरण निर्देशक बिजय बराल प्रशिक्षकको भुमिकामा रहनु भएको थियो। कायक्रममा सहभागिहरूलाई कार्यक्रमको अन्त्यमा प्रमाणपत्र प्रदान गरिएको थियो भने धन्यवाद ज्ञापन कार्यक्रम संयोजक जेसी कमलराज पराजुलिले गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज