भरतपुर महानगरपालिका २६ मा एक गैंडाको मृत्यु

भरतपुर महानगरपालिका २६ मा एक गैंडाको मृत्यु

परिबर्तन न्युज
८ श्रावण २०८१ बजे
परिबर्तन न्युज
८ श्रावण २०८१

साउन ८, चितवन

भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक  गैंडा मृत फेला परेको छ ।

Advertisement:Ad

भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको एक स्थानीय व्यक्तिका अनुसार  मकै बारीमा मरेको देखेपछि राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए। राष्ट्रिय निकुञ्जका कर्मचारीहरूका अनुसार मृत अवस्थामा भेटिएको सो गैंडा २० वर्षको पोथी गैंडा भएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिनुभएको छ ।

राष्ट्रिय निकुञ्जका अनुसार गैडाको मृत्यु के कारणले भएको हो खुलिसकेको छैन भन्ने जानकारी दिनुभयो। चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष २१ वटा गैंडाको मृत्यु भएको थियो जसमा १८ वटा कालगतीले, दुई वटा चोरी शिकारी गरी मारेका थिए भने एउटा गैंडाको मृत्यु के कारणले भएको हो त्यो आजसम्म पनि खुल्न सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज