“म“म बोल्छु” सिजन २ को बक्तृत्वकलाको आबेदन खुला

“म“म बोल्छु” सिजन २ को बक्तृत्वकलाको आबेदन खुला

परिबर्तन न्युज
१३ भाद्र २०८१ बजे
परिबर्तन न्युज
१३ भाद्र २०८१

भदौ १३ , पोखरा

पोखरामा आयोजना हुने म “म बोल्छु”सिजन २ को गण्डकी प्रदेश स्तरीय बक्तृत्वकलाको आबेदन खुला भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

फ्रिडम ट्रेनिङ सेन्टर सृजनाचोकको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशभरका विध्यार्थीहरुले सहभागिता जनाउन सक्ने फ्रिडम ट्रेनिङ सेन्टरका सञ्चालन एबम प्रबन्धक निर्देशक बिनोद पाहारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागिताको लागि विद्यार्थीको उमेर १३ वर्ष देखि १८ वर्ष सम्मको हुनुपर्ने बताउनुभयो । बिद्यार्थी कक्षा ८देखि १२ सम्म अध्यनरत् हुनुपर्नेछ निर्देशक पहारीले प्रष्ट पार्नुभयो।

Advertisement:Ad
Advertisement:Ad

प्रतियोगितामा विद्यालाबाट वा खुला रूपमा आफै सहभागी हुन पनि सक्नेछन्, विद्यालयको पत्र अनिवार्य छैन तर परिचयपत्र अनिवार्य भएको बताउनुभयो। त्यस्तै फोनबाट पनि दर्ता गर्न सकिने र फाराम भरेर प्रवेशपत्र लिन अनिवार्य रहेको बताउनुभयो।

प्रतियोगितामा २ चरणहरु हुनेछन् जसअन्तरर्ग पहिलो अडिसन चरण जसमा विद्यार्थीले जुनसुकै विषयवस्तुमा बोल्न पाउनेछन् । यसको समय ३ मिनेट सम्मको रहनेछ । यस चरणमा छनोट भएका विद्यार्थी फाइनल चरणमा प्रवेश गर्नेछन भनिएको छ।

दोस्रो फाइनल चरण यस चरणमा निर्णायकले दिएको विषयवस्तुमा विद्यार्थीले प्रस्तुति दिनुपर्नेछ । समय ५ मिनट ९शीर्षक नाम दर्ता पछि उपलब्ध गराइनेछ ।प्रतियोगितामा सहभागिताको लागि प्रति विद्यार्थी रु। १००० दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा कुनै विवाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णयहुने आयोजक ले जनाएको छ ।

दर्ताको लागि आगामी असोज ५ गते शनिबार,बेलुका ५ बजेसम्म रहेको छ भने प्रतिस्पर्धीहरुलाई प्रतियोगिता अगाडी विशेष प्रशीक्षण पनि प्रदान गरिनेछ सस्थाले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज