स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउन आए पटक एक क्रेट अण्डाको ब्यबस्था

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउन आए पटक एक क्रेट अण्डाको ब्यबस्था

परिबर्तन न्युज
२५ भाद्र २०८१ बजे
परिबर्तन न्युज
२५ भाद्र २०८१

भाद्र २५ , कास्की

कास्की जिल्लाको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि होस भनेर परीक्षण गर्उन आउनेलाई प्रत्येक पटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ ।

Advertisement:Ad
Advertisement:Ad

रुपा गाउँ पालिका ले “मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने नाराका साथ महिलामा पोषणको कमी भइ आउन सक्ने खतरा बाट जोगाउन यो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो ।

रुपा गाउ पालिका को अध्यक्ष नवराज ओझाले गर्भवती महिलाले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ यो समयमा  स्वास्थ्य परिक्षण गराउँदा हरेक पटक एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ  जस्ले  गर्दा मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ भन्नुभयो ।

Advertisement:Ad
Advertisement:Ad

अध्यक्ष ओझाले हाम्रो उद्देश्य भनेको महिलामा पोषणको कमि  नहोस र मापदण्ड अनुसारको नियमित परीक्षण कार्यक्रमसमेत प्रभावकारी होस भनेर नै अण्डा वितरण अभियान नै थालिएको बताउनुभयो ।

अझै पनि हाम्रो समाजमा महिला दिदि बहिनी हरु स्वास्थ्य संस्थामा जान हिचकिचाउने गरेकोले नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ । पालिकाका सबै गर्भवतीले तोकिएअनुसारको गर्भजाँच नगराउने गरेकाले यसप्रति महिलाको आकर्षण बढाउन अभियान सहयोगी हुने विश्वास लिएका छौँ भन्नुभयो ।

गाउँपालिकामा एक वर्षमा करिब दुई सय पचास सुत्केरी हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ । कार्यक्रमका लागि वर्षमा रु पाँच लाख बजेट खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले  भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पालिकाभर गर्भवतीको परीक्षण कार्यक्रम प्रभावकारी बनाउने छौँ । आवश्यक बजेट सबै स्वास्थ्य संस्थामा पालिकाले पठाउने छ  भन्नुभयो ।नौ वडा रहेको रुपामा एक आधारभूत अस्पताल, चारवटा स्वास्थ्यचौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र गरी नौवटा स्वास्थ्य संस्था भएको र सबै स्वास्थ्य संस्थामा सामान्य सुत्केरी गराउन सकिने गरी पूर्वाधार रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज