दोलखा पोखरा समाजले पोखरामा बृहत सरसफाईका साथ शुभकामना आदानप्रदान कार्यक्रम 

दोलखा पोखरा समाजले पोखरामा बृहत सरसफाईका साथ शुभकामना आदानप्रदान कार्यक्रम 

परिबर्तन न्युज
२० आश्विन २०८१ बजे
परिबर्तन न्युज
२० आश्विन २०८१

असोज १९ , पोखरा

दोलखा पोखरा समाजले पोखरामा बृहत सरसफाईका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement:Ad

विजयादशमी, दिपाली र छटपर्ब सहित महत्वपूर्ण चाडपर्वको अबसर पारेर सरसाफाई एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको समाजका सचिव कमलबहादु बस्यालले जानकारी दिनुभयो। मुस्ताङचोकदेखि सहिदचोकसम्म सरसफाई सङै झाडी कटिङ सहित सफाई र रुखमा रङरोगन गरिएको बताउनुभयो।

देलखाबाट पोखरा आई विभिन्न पेशा वा व्यवसायमा संलग्नहरुको संस्थाले दोलखेलीहरुको सुखदुखमा साथ रहेको समाजका अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । समाजले विगतका दिनमा पनि विभिन्न रचनात्मक कार्यगर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि ई. ध्रुव पोखरेलले समाजको गतिविधिले सबैलाई जोड्ने काम गरेको बताउनुभयो । उनले समाजका लागि केही गरौं भन्ने भवनाको विकाश भएको धारणा राख्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज