कार्तिक १६ , पोखरा
हिमालय क्लवको २८औं स्थापना दीवसको सन्दर्भमा यहि कार्तिक २२ गते आयोजित रक्तदान, चियापान तथा शुभकामना आदानप्रदान लगायत विविध कार्यक्रमहरूको बिषयमा जानकारी दिन क्लव प्राङ्गणमा आज पत्रकार सम्मेलन सम्पन्न भएको छ।
कार्यक्रमको अवसरमा उठेका प्रश्नहरूको जवाफ क्लव अध्यक्ष मोहन थापा, नि.अध्यक्ष सुशील बस्नेत, पूर्व अध्यक्ष जीवनारायण श्रेष्ठ, कार्यक्रम संयोजक तथा द्वितिय उपाध्यक्ष प्रकाश थापा लगायतले दिनु भएको थियो।
स्वर्गीय नरहरी देवकोटाको स्मृतिमा हिमालय क्लब पोखरा १६ बाट स्थापित पुरस्कार राशि रु.१५०००/-(पन्ध्र हजार ) नरहरी देवकोटा स्मृति समाजसेवा पुरस्कार संस्था एवं व्यक्तित्व छनौट समितिको सिफारिस अनुसार मानव सेवा आश्रम पोखरा शाखालाई सो पुरस्कारबाट पुरस्कृत एवं सम्मानित गरिने सस्थाका अध्यक्ष मोहन थापा ले जानकारी दिनुभयो।
त्यस्तैगरी पोखरा महानगरपालिका वडा नम्बर १६ भित्रका सरकारी विद्यालयबाट राष्ट्रिय परीक्षा बोर्डमा २०८० साल को कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट जिपीए ल्याउने विद्यालयका छात्रा श्राया आचार्य र छात्र आशिष पोखरेल लाई जनहि नगद रु ५/५ हजार र प्रमाणपत्र ले पुरस्कृत गरिने नकारी दिइएको छ।
हिमालय क्लबबाट स्थापित एकल महिला सहयोग अक्षय कोषबाट पनि दुई जना विवाह नेपाली र तिला बिक लाई जनही रु. ५/५ हजारका दरले पुरस्कृत गरिने कार्यक्रम संयोजक प्रकाश थापाले जानकारी दिनुभयो ।
समाजसेवीहरू कृष्णप्रसाद अधिकारी र प्रभा कोइरालाबाट स्थापित क्लबबाट सञ्चालित स्वर्गीय लीला साबी कृषक पुरस्कारबाट यस वर्ष चमेरे गुफा कृषक समूहलाई नगद रु ५ हजार र प्रमाणपत्रले पुरस्कृत गरिने निवर्तमान अध्यक्ष सुशील बस्नेतले जानकारी दिनुभयो।
कार्यक्रममा नवदुर्गा पूजा ब्यवस्थापन को आय व्यय कालिका मन्दिर तथा कोतमामिलियत ब्यवस्थापन समितिका कोषाध्यक्ष बलराम भट्टराईले प्रस्तुत गर्नुभएको थियो भने बचत भएको रकम दुबै संस्थालाई बाँडफाट गरी मन्दिरका अध्यक्ष दुर्गा केसी थापालाई हिमालय क्लबका सूचना अधिकारी शिवराज देवकोटाले हस्तान्तरण गर्नुभएको थियो।
स्थापना दीवसको दिन आयोजित रक्तदान, चियापान तथा शुभकामना आदानप्रदान लगायत विविध कार्यक्रम संयोजक प्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम सचिव तुल वहादुर बस्नेतले सञ्चालन गर्नुभएको थियो।









प्रतिक्रिया