Top Header Ad 1

सिजी नेटबाट स्कुटर जित्न सफल भइन लामाचौरकी रितु

सिजी नेटबाट स्कुटर जित्न सफल भइन लामाचौरकी रितु

परिबर्तन न्युज
२१ मंसिर २०८१ बजे
परिबर्तन न्युज
२१ मंसिर २०८१

पाेखरा मसिर २१

चौधरी ग्रुप अन्तर्गत रहेको सिजी नेट जडान मार्फत पोखरा लामाचौरकी रितु गुरुङले  स्कुटर जित्न सफल भएकी छन् ।

Advertisement:Ad
Advertisement:Ad

गत मंसिर ७ गते काठमाडौँमा भएको लक्की ड्र मार्फत गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन ।उक्त स्कुटरको हाल बजार मूल्य २ लाख ६५ हजार रहेको छ ।

शुक्रबार पोखराको  अर्चलबोटमा रहेको सिजी प्लाजामा एक कार्यक्रमको आयोजना गरि स्कुटर विजेता गुरुङलाई सिजीका सेल्स एण्ड मार्केटिङ नेशनल हेड आकेश जैसवालले स्कुटरको चाबी हस्तान्तरण गरेका हुन् ।

देशै भरिबाट २ महिनाको अवधिमा सिजी नेट  जडान गर्ने नयाँ तथा रिन्यु गर्ने ग्राहकहरूबाट लक्की ड्र मार्फत पोखराकी रितु गुरुङ विजेता बन्न सफल भएको नेशनल हेड जैसवालले बताए ।

२ महिनाको उक्त अफरको बिचमा दैनिक, साप्ताहिक, मासिक र बम्पर उपहारको कार्यक्रम सञ्चालन गरेको जैसवालले उल्लेख गरे । सिजी नेटले गएको असोज १ गतेबाट कार्तिक ३० गते सम्म ‘ल है आयो हातै खाली नरहने अफरको बहार योजना सञ्चालन गरेको सिजी नेट पोखराका ब्रान्च म्यानेजर दिपेश सिग्देलले जानकारी दिए ।

स्कुटर विजेता रितु गुरुङले आफूले कल्पना पनि नगरेको उपहार प्राप्त गरेको बताइन् । उनले सिजी नेट जडान पश्चात सहज रुपमा इन्टरनेट सेवा प्राप्त गरेको उल्लेख गरिन् ।

कार्यक्रममा सिजी फुडबाट गण्डकी प्रदेश म्यानेजर सुनिल सुवेदी, सिजी बे्रवरीका गोपाल पुरी, सिजी बेब्रेजका सुमन पोख्रेल, सिजी डिजिटल इन्चार्ज रञ्जिता पहारी लगायत सिजी ग्रुपका अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज