शुक्ला साहित्य प्रतिष्ठानको समीक्षा तथा रचनावाचन कार्यक्रम पाँच जना पत्रकार सम्मानित

शुक्ला साहित्य प्रतिष्ठानको समीक्षा तथा रचनावाचन कार्यक्रम पाँच जना पत्रकार सम्मानित

परिबर्तन न्युज
२२ मंसिर २०८१ बजे
परिबर्तन न्युज
२२ मंसिर २०८१

मङ्सिर २२, पोखरा

पोखरा महानगरपालिका वडा न. १६ मा रहेको श्री शुक्ला साहित्य प्रतिष्ठानको ३४औ पूर्ण समिति बैठक आय व्यय सार्वजनिक कार्यविधि २०७९/०८१ को  समीक्षा तथा रचना वाचनकार्यक्रम सम्पन्न गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षतामा भएको सो कार्यक्रम मा उपस्थित व्यक्तित्वहरूले आफ्नाले रचना कविता वाचन गर्दै सबैलाई हँसाउने रमाउने वातावरण सिर्जना गर्नुभएको थियो।

शुक्ला साहित्य प्रतिष्ठानका कार्यक्रमलाई विभिन्न विद्युतीय माध्यमहरूबाट प्रचारप्रसार गरी सबैको अगाडि लैजाने र यस प्रतिष्ठानलाई आफ्नै ठानी प्रचारप्रसार गर्ने पोखरा १६ मा रहेका पाँचजना पत्रकारहरुलाई सम्मान गरिएको सो कार्यक्रम संस्थाका सचिव दिपेन्द्र बानियाले सञ्चालन गर्नुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज