नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित

नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित

परिबर्तन न्युज
२९ मंसिर २०८१ बजे
परिबर्तन न्युज
२९ मंसिर २०८१

मंसिर २९ पोखरा

नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित हुनुभएको छ ।

Advertisement:Ad

प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेद्वार बराल र प्रेस सेन्टर र समाजवादी पत्रकारका उम्मेद्वार राजेन्द्र अधिकारी बिच भएको प्रतिस्पर्धात्मक निर्वाचनबाट माधब बराल कास्की अध्यक्ष मा निर्बाचित हुनुभएको हो ।

जम्मा २२० मतदातामध्ये  खसेको २०५ मतदान भएकोमा माधव  बरालले १०५ मत पाएर अध्यक्ष बन्नुभयो भने ९६ मत प्राप्त गरेर राजेन्द्र अधिकारी उपविजेता बन्नुभएको छ ।

सामान्यतः प्राप्त मत परिणाम यस्तो छ।

अध्यक्ष पदमा  माधव बरालले- १०५ ,राजेन्द्र अधिकारीले-९६ उपाध्यक्ष कमल पौडेलले-३५,माधव प्रसाद रेग्मीले -९० ,श्रीराम सिग्देलले- ७७ उपाध्यक्ष (महिला) कन्चन थापा ले- १०९ विना कुमारी थापाले- ८७ मत पाउनुभएको छ ।

सचिवमा भुपाल गुरुङले – १०२ सन्देश श्रेष्ठले – ९८ मत पाउनुभएको छ। सहसचिव (समावेशी) दिलप्रसाद गुरुङ – ७२ ,धन बहादुर गुरुङले- १२६ मत पाउनुभएको छ। सहसचिबमा मधु अधिकारीले – ११८ श्रीभद्र पौडेलले -८० मत पाउनुभएको छ।कोषाध्यक्ष राजाराम पौडेलले -११७ सुरेश अधिकारीले -८० मत पाउनुभएको छ।

सदस्य (महिला) कविता घर्तीमगरले -१०१,देविका तामाङले-९४ मत पाउनुभएको छ भने सदस्य (दलित) सन्तोष परियारले- ५१ सुरेश सुनारले- १४३ मत पाउनुभएको छ।

सदस्य (आदिवासी जनजाती) पुनम थापा मगर (निर्विरोध) सदस्य (अन्य समावेशी) सूर्य परियार (निर्विरोध)खुल्ला सदस्यहरूमा निर्वाचित (९ जना) सदस्य हरुमा अर्जुन (सुशान्त) गाहाले -१५१ गौरव त्रिपाठी- १४३, राजु गिरी – १३२ बालकुमारी पौडेल -१२९ सन्तोष सुवेदी -१२८,रिखिराम जि.सी.-११७ तुलसीराम सुवेदी- १०७निराजन अधिकारी-१०६, पुष्पराज दाहालले- १०४,दीपक श्रेष्ठ -१०३ सन्दीप पौडेल -१०३ विष्णु गौतम – ८८ र चिरञ्जीवी पौडेलले -८२ मत पाउनुभएको छ।

राष्ट्रिय परिषद् सदस्य: निर्वाचित (५ जना) आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट)- १२४ दिननाथ बराल-११६,कृष्णमणि बराल- १०९ ,भरत कोईराला -१०८, राजबहादुर गुरुङ- १०८,कृष्ण दवाडी ८९,मानबहादुर घर्ती- ८१ ऋषिराम बराल- ५० अमृतराज उपाध्याय- ५० मत पाएर विजयी हुनुभएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज